भजन ११
परमेश्वरमाथि भरोसा
सङ्गीत-निर्देशकको निम्ति दाऊदको भजन
१ म परमप्रभुमा शरण लिन्छु, यसर्थ तिमीहरू कसरी मलाई भन्न सक्छौ, “चरोझैँ आफ्नो डाँड़ामा उड़िजा,
२ किनभने हेर, दुष्टहरूले धनुमा ताँदो चढ़ाउँछन्, सोझो हृदय भएकाहरूलाई अँध्यारोबाट हान्नलाई तिनीहरूले आफ्नो काँड़ ताँदोमा चढ़ाएका छन्।
३ यदि जग नै नष्ट हुन्छन् भने, धर्मी जनले के गर्न सक्छन् र?”
४ परमप्रभु आफ्नै पवित्र मन्दिरमा हुनुहुन्छ, परमप्रभु आफ्नो स्वर्गीय सिंहासनमा विराजमान हुनुहुन्छ। मानिसका सन्तानलाई उहाँले नियालेर हेर्नुहुन्छ, उहाँले आफ्ना आँखाले तिनीहरूको जाँच गर्नुहुन्छ।
५ परमप्रभुले धर्मीहरूको जाँच गर्नुहुन्छ, तर दुष्ट र हिंसा रुचाउनेहरूलाई उहाँले घृणा गर्नुहुन्छ,
६ दुष्टहरूमाथि उहाँले आगो र गन्धक बर्साउनुहुनेछ। पिल्स्याउने तातो हावा तिनीहरूको भाग हुनेछ।
७ किनभने परमप्रभु धर्मी हुनुहुन्छ, धार्मिक कामहरू उहाँ मन पराउनुहुन्छ। सोझाहरूले उहाँको मुहारको दर्शन गर्नेछन्।
भजन ११ अनुसार परमेश्वरको गुण
१ म परमप्रभुमा शरण लिन्छु, यसर्थ तिमीहरू कसरी मलाई भन्न सक्छौ, “चरोझैँ आफ्नो डाँड़ामा उड़िजा,
परमप्रभु शरणस्थान हुनुहुन्छ, वास्तवमा एकमात्र वास्तविक शरणस्थान हुनुहुन्छ। अरु कोहि छैन।
उहाँले मात्रै रक्षा गर्न सक्नुहुन्छ।
उहाँले मात्र बचाउन सक्नुहुन्छ, सुरक्षा र आराम दिन सक्नुहुन्छ।
उहाँले कुनै हानि प्रवेश गर्न दिनुहुन्न।
उहाँलाई सार्न सकिँदैन।
उहाँ अचल हुनुहुन्छ।
उहाँलाई नष्ट गर्न सकिँदैन।
उहाँ अविनाशी हुनुहुन्छ किनभने उहाँ सृष्टि हुनुभएको होइन, तर सबै थोकको सृष्टिकर्ता हुनुहुन्छ।
२ किनभने हेर, दुष्टहरूले धनुमा ताँदो चढ़ाउँछन्, सोझो हृदय भएकाहरूलाई अँध्यारोबाट हान्नलाई तिनीहरूले आफ्नो काँड़ ताँदोमा चढ़ाएका छन्।
३ यदि जग नै नष्ट हुन्छन् भने, धर्मी जनले के गर्न सक्छन् र?”
परमप्रभुले दुष्टका धनुहरूबाट रक्षा गर्नुहुन्छ।
४ परमप्रभु आफ्नै पवित्र मन्दिरमा हुनुहुन्छ, परमप्रभु आफ्नो स्वर्गीय सिंहासनमा विराजमान हुनुहुन्छ। मानिसका सन्तानलाई उहाँले नियालेर हेर्नुहुन्छ, उहाँले आफ्ना आँखाले तिनीहरूको जाँच गर्नुहुन्छ।
परमप्रभु आफ्नो पवित्र वासस्थानमा उपस्थित हुनुहुन्छ।
उहाँ टाढा वा अलग हुनुहुन।
उहाँ घनिष्ठ रूपमा संलग्न हुनुहुन्छ, नजिक हुनुहुन्छ।
उहाँ काम गर्नुहुन्छ, सक्रिय हुनुहुन्छ।
उहाँले सधैं सुन्नुहुन्छ, जवाफ दिनुहुन्छ, र रक्षा गर्नुहुन्छ।
उहाँले सबै कुरा देख्नुहुन्छ।
उहाँबाट केही लुकेको छैन।
उहाँले परीक्षण गर्नुहुन्छ।
उहाँको परिक्षा असल छ।
उहाँको परीक्षणहरूले राम्रो बनाउँछ।
यसले तीखो पार्छ, शुद्ध गर्छ, सफा बनाउँछ।
५ परमप्रभुले धर्मीहरूको जाँच गर्नुहुन्छ, तर दुष्ट र हिंसा रुचाउनेहरूलाई उहाँले घृणा गर्नुहुन्छ,
खराबलाई असल बनाउन र असललाई अझ असल बनाउन परमप्रभुले जाँच गर्नुहुन्छ।
उहाँले दुष्टहरूलाई घृणा गर्नुहुन्छ, जो हिंसात्मक छन्।
६ दुष्टहरूमाथि उहाँले आगो र गन्धक बर्साउनुहुनेछ। पिल्स्याउने तातो हावा तिनीहरूको भाग हुनेछ।
परमप्रभुले कोइला, आगो, गन्धक र बलिरहेको बतासको वर्षा गर्न सक्नुहुन्छ।
उहाँले अकल्पनीय र अलौकिक चीजहरू गर्न सक्नुहुन्छ।
प्रकृति र सृष्टिमाथि उनको पुरा नियन्त्रण छ।
७ किनभने परमप्रभु धर्मी हुनुहुन्छ, धार्मिक कामहरू उहाँ मन पराउनुहुन्छ। सोझाहरूले उहाँको मुहारको दर्शन गर्नेछन
परमप्रभु धर्मी हुनुहुन्छ।
उहाँ सही हुनुहुन्छ, असल हुनुहुन्छ, न्यायी हुनुहुन्छ।
उहाँमा कुनै दोष वा असत्य छैन।
उहाँ सत्यको स्रोत हुनुहुन्छ।
उहाँ नै पहिलो र अन्तिम सत्य हुनुहुन्छ।
उहाँलाई धर्मीक काम मन पर्छ।
उहाँले आफैलाई देख्न अनुमति दिनुहुन्छ।
उहाँलाई देख्न सकिन्छ।
भजन ११ अनुसार परमेश्वरको स्तुति-प्रसंसा (प्रार्थना) कसरी गर्ने
१
परमप्रभु, तपाईं शरणस्थान हुनुहुन्छ, वास्तवमा तपाईं मात्र वास्तविक शरणस्थान हुनुहुन्छ।
तपाईं जस्तो अरु कोहि छैन।
तपाईंले मात्रै रक्षा गर्न सक्नुहुन्छ।
तपाईंले मात्र बचाउन सक्नुहुन्छ, सुरक्षा र आराम दिन सक्नुहुन्छ।
तपाईंले कुनै हानि प्रवेश गर्न दिनुहुन्न।
तपाईंलाई सार्न सकिँदैन।
तपाईं अचल हुनुहुन्छ।
तपाईंलाई नष्ट गर्न सकिँदैन।
तपाईं अविनाशी हुनुहुन्छ किनभने तपाईं सृष्टि भएको होइन, तर सबै थोकको सृष्टिकर्ता तपाईं हुनुहुन्छ।
२
तपाईंले दुष्टका धनुहरूबाट रक्षा गर्नुहुन्छ।
३-४
परमप्रभु, तपाईं आफ्नो पवित्र वासस्थानमा उपस्थित हुनुहुन्छ।
तैपनि तपाईं टाढा हुनुहुन।
तपाईं घनिष्ठ रूपमा संलग्न हुनुहुन्छ, नजिक हुनुहुन्छ।
तपाईं काम गर्नुहुन्छ, सक्रिय हुनुहुन्छ।
तपाईंले सधैं सुन्नुहुन्छ, जवाफ दिनुहुन्छ, र रक्षा गर्नुहुन्छ।उहाँले सबै कुरा देख्नुहुन्छ।
तपाईंबाट केही लुकेको छैन।
तपाईंले परीक्षण गर्नुहुन्छ।
तपाईंको परिक्षा असल छ।
बरु तपाईंको परीक्षणहरूले राम्रो बनाउँछ।
यसले तीखो पार्छ, शुद्ध गर्छ, सफा बनाउँछ।
५
परमप्रभु, तपाईंले खराबलाई असल बनाउन र असललाई अझ असल बनाउन हुन्छ।
त्यसैले तपाईंले जाँच गर्नुहुन्छ।
तपाईंले दुष्टहरूलाई घृणा गर्नुहुन्छ, जो हिंसात्मक छन्।
६
तपाईंले कोइला, आगो, गन्धक र बलिरहेको बतासको वर्षा गर्न सक्नुहुन्छ।
तपाईंले अकल्पनीय र अलौकिक चीजहरू गर्न सक्नुहुन्छ।
प्रकृति र सृष्टिमाथि तपाईंको पुरा नियन्त्रणमा छ।
७
परमप्रभु, तपाईं धर्मी हुनुहुन्छ, र तपाईंले मात्रै धर्मी बनाउनु हुन्छ।
तपाईं सही हुनुहुन्छ, असल हुनुहुन्छ, न्यायी हुनुहुन्छ।
तपाईंमा कुनै दोष वा असत्य छैन।
तपाईं सत्यको स्रोत हुनुहुन्छ।
तपाईं नै पहिलो र अन्तिम सत्य हुनुहुन्छ।
तपाईंलाई धर्मीक काम मन पर्छ।
तपाईंले आफैलाई देख्न अनुमति दिनुहुन्छ।
तपाईंलाई देख्न सकिन्छ।
अमेन।