सुरुको प्रार्थना
हे हाम्रा स्वर्गमा बस्नुहुने पिता, धन्यवाद आजको दिनको लागि, हामी सबैलाई एउटै छानामुनि ल्याउनु भएको लागि।
हामी यहाँ तपाईंको प्रशंसा गर्न, तपाईंको आवाज सुन्न, तपाईंबाट सिक्न, र तपाईंको वचनमा एकअर्कालाई प्रोत्साहन दिन भेला भएका छौं।
हाम्रो हृदयलाई तपाईं सँग एकीकृत गर्नुहोस्।
तपाईंको पवित्र आत्माले हामी सबैलाई भर्नुहोस् र पवित्र आत्माको शक्तिमा हामीलाई अगुवाइ गर्नुहोस्।
हाम्रो सङ्गति तपाईंको दृष्टिमा ग्रहणयोग्य र मनमोहक भएको होस्।
येशुको नाउँमा,
आमेन!
वचनको लागि प्रार्थना
स्वर्गमा बस्नुहुने हाम्रो पिता, हामी तपाईंको वचनको लागि धन्यवाद चढाउँदछौँ।
तपाईंको सन्देश लयाउने सेवकको लागि धन्यवाद।
जब हामी सुन्छौं, हाम्रो हृदय खोल्नुहोस्; हाम्रो हृदयलाई नरम पार्नुहोस्, हाम्रो हृदयलाई तोड्नुहोस् र तपाईंको इच्छा अनुसारको बनाउनुहोस्।
आज हामी प्रत्येकले तपाइँको एउटा विशेष सन्देश हृदयमा गाड्न सकौं।
येशुको नाउँमा,
आमेन!
बिरामीहरूको लागि प्रार्थना
हे हाम्रा स्वर्गीय पिता, यसरि प्रार्थना गर्न अवसर जुटाइ दिनुभएको लागि धन्यवाद।
हामीले सुन्यौं कि ____________ (व्यक्तिको नाम) ______ (स्वास्थ्य समस्या) बाट पीडित छन्।
हामी तपाईं सँग पुकारा गर्छौं किनकि यो शारीरलाई तपाईंले बनाउनु भयो र यो शरीरको सबै घटीकमी तपाईं जान्नुहुन्छ।
शरीर, मन, हृदय र आत्मामा ______ (व्यक्तिको नाम) लाई बलियो बनाउनुहोस्।
साथै परिवार र आफन्तजनमा शान्ति र सान्त्वना दिनुहोस्।
येशुको नाउँमा,
आमेन!
भेटिको लागि प्रार्थना
स्वर्गमा बस्नुहुने पिता, हामी तपाईंको दैनिक आशिषहरूको लागि धन्यवाद दिन्छौं।
तपाईं अनुग्रही परमेश्वर हुनुहुन्छ, तपाईंले कहिल्यै आशिष दिन छोड्नु हुन्न।
तपाईं अनुग्रह र आशिष हरेक दिन झैँ नयाँ हुन्छ।
तपाईं नै सबै कुराको स्रोत हुनुहुन्छ।
हामीलाई दिनु भएको कामको लागि धन्यवाद दिन्छौं।
हामीले हाम्रो कमाईबाट खुशी साथ र धन्यवाद चढाउँन केहि ल्याएका छौं।
यो भेटि तपाईंको लागि ग्रहण योग्य भएको होस्, तपाईंको महिमाको लागि!
येशुको नाउँमा,
आमेन!
खानेकुराको लागि प्रार्थना
हे हाम्रा स्वर्गमा बस्नुहुने पिता, हामीलाई यो खाने र पिउनेकुरा जुटाउनु गर्नुभएकोमा धन्यवाद।
आफ्नो भण्डारबाट हामीलाई जुटाउने परिवारलाई पनि आशीष दिनुहोस्।
तपाईंको इच्छा पुरा गर्न हाम्रो शरीरको लागि यो खाना पोषीलो भएको होस्।
येशुको नाउँमा,
आमेन!
अन्तिम प्रार्थना
स्वर्गमा बस्नुहुने पिता हाम्रो पिता, आज हामीलाई दिनु भएकोमा यो संगतिको लागि धन्यवाद।
अब हामी अ-आफ्नो घर फर्किदैछौं, आजको वचनले भनेझैं हामी यो हप्ता जिउनसकौं।
अर्को हप्ता हामीलाई फेरि यसरीनै भेला गराउनुहोस्।
येशुको नाउँमा,
आमेन!
तपाईं कसरी प्रार्थना गर्नुहुन्छ?
वचन अनुसार कसरी प्रार्थना गर्ने
प्रार्थना
AMEN