भजन ३२:५
पाप-क्षमाबाट हुने सुख
दाऊदको मस्किल भन्ने भजन
मैले मेरो पाप तपाईंको सामुन्ने स्वीकार गरें, र मेरो अधर्म मैले लुकाइनँ।
मैले भनें, “म आफ्ना अपराध परमप्रभुको सामुन्ने स्वीकार गर्नेछु।”
र तपाईंले मेरो पापको दोष क्षमा गर्नुभयो।
हामी किन पाप स्वीकार गर्छौं?
१ यूहन्नाले १:८-१० भन्छ:
८यदि हामीमा पाप छैन भनी हामी भन्छौं भनेता हामीले आफैलाई धोका दिन्छौं, र हामीमा सत्य हुँदैन।
९यदि हामीले आफ्ना पापहरू स्वीकार गर्यौं भने उहाँले हाम्रा पाप क्षमा गर्नुहुन्छ, र सबै अधर्मबाट हामीलाई शुद्ध पार्नुहुन्छ, किनकि उहाँ विश्वासयोग्य र धर्मी हुनुहुन्छ।
१०यदि हामीले पाप गरेका छैनौं भनी हामी भन्छौं भने हामी उहाँलाई झूटा तुल्याउँछौं, र उहाँको वचन हामीमा हुँदैन।
हामी यसरी प्रार्थना गर्न सक्छौं:
प्रभु, हामी स्वीकार गर्छौं कि तपाइको आराधना गर्नुको सटो हामी चिन्ता गर्छौं। आशाको साथ प्रार्थना गर्नुको सटो, हामी अविश्वासमा पक्रिन्छौं। तपाईंको सिद्ध योजनामा विश्वास गर्नुको सटो, हामी आफ्नो इच्छा अनुसार जिउछौँ।
प्रभु, हामी स्वीकार गर्छौं कि हामी "दोहोरो मन भएको" मानिसहरू जस्तै जिउछौँ।
हामी तपाइको वचन आनुसार जिउनु भन्दा हामीलाई फाइदा हुने काम गर्छौं।
हामी झूट बोल्छौं, ठग्छौँ, गुनासो गर्छौं, धोका दिन्छौं, अरुको बदख्वाइ गर्छौं, र उल्टो घमण्ड गर्छौं कि हामी तपाईंको सेवा गर्छौं।
हामी अधर्मी जीवन जिउँछौं, तर मुखले तपाइको भजन गाउँछौं।
प्रभु, हामी तपाईलाई बुद्धिको लागि प्रार्थना गर्छौं, तर हामी दैनिक बाइबल पढ्दैनौं।
हामी मण्डलीमा आउँछौं, वचन त सुन्छौं, क्षमा माग्छौं, गल्ति स्वीकार गर्छौं, तर परिवर्तित जीवन जिउदैनौ।
प्रभु, हामी यी सब कुरा स्वीकार छौँ। हामीलाई यो दोहोरो जीवन जिउनु देखि जोगाउनु होस्।
अब देखि साँचो र वचन आनुसारको जीवन जिउनु सहायता गर्नुहोस्।
नम्र, आज्ञाकारी, र प्रेम गर्ने हृदयहरू हामीमा सिर्जना गर्नुहोस्।
येशूको नाउँमा,
आमेन।
तपाईं कसरी प्रार्थना गर्नुहुन्छ?
वचन अनुसार कसरी प्रार्थना गर्ने
प्रार्थना गर्ने विभिन्न तरिकाहरू: नमूना
प्रार्थना
आमेन
AMEN