धेरै क्रिस्चियनहरूले अरू विश्वासीहरूसँगको भेटघाटलाई संगति (फेलोशिप fellowship) भनेर बुझ्छन्। कसैले अरू विश्वासीहरूसँग खाना खाने र पिउने कुरालाई संगति भनेर बुझ्छन्। अनि अरूले भजन र गीत गाउन भेला हुनुलाई संगति भनेर सोच्छन्। तर, यो बुझाइ गलत हो। खाना खानु (लन्च, डिनर), कुराकानी गर्नु, वा जन्मदिनको पार्टीमा भेट्नु बाइबलअनुसारको संगति होइन। साँचो संगति (क्वाइनोनिया koinonia) मा ख्रीष्टको प्रशंसा हुन्छ। उहाँबिना कुनै क्रिस्चियन भेला साँचो रुपमा संगति हुँदैन, यो केवल क्वाइनोनोस (koinonos) मात्र हुन्छ, जसमा सहभागीहरू आफूप्रति केन्द्रित हुन्छन्। येशूको बढाई नगरी विश्वासीहरूसँग डिनर गर्नु रमाइलो हुन सक्छ, तर यो संगति होइन। फेरि, परमेश्वरको प्रशंसा गर्नु पछिको विचार (afterthought) हुन हुँदैन। परमेश्वरनै संगतिको मुख्य विषय हुनुपर्छ। जहाँ विश्वासीहरू एकअर्कासँग परमेश्वोरको अनुग्रह, दया र आशीषको कुरा गर्छन्, सँगै प्रार्थना गर्छन्, र येशूमा एकअर्कालाई उत्साहित गर्छन्, त्यो संगति हो।
अर्थात्, यदि कुनै भेला परमेश्वर बिना हुन्छ भने, त्यो केवल सामाजिक कार्यक्रम मात्र हुन्छ, र आत्मिक दृष्टिले यो चोरहरूको भेला जस्तो हुन सक्छ, विशेष गरी जब तपाईं चर्चमा वा संगतिको लागि भेट्दै हुनुहुन्छ। जब येशूले मन्दिरमा मानिसहरूले मन्दिर आफ्नो स्वार्थका लागि प्रयोग गरेको देख्नुभयो, उनले के गर्नु र भन्नुभयो, ध्यान दिनुहोस्:
“येशू परमेश्वरको मन्दिरमा प्रवेश गर्नुभयो। अनि उहाँले मन्दिरमा किनबेच गर्ने सबैलाई धपाउनुभयो, र पैसा साट्नेहरूका टेबिल, र परेवा बेच्नेहरूका आसन पल्टाइदिनुभयो। उहाँले तिनीहरूलाई भन्नुभयो, “यो लेखिएको छ, ‘मेरो घर प्रार्थनाको घर कहलाइनेछ।’ तर तिमीहरूले यसलाई डाँकूहरूको अड्डा बनाएका छौ।””
(मत्ती २१:१२-१३; मार्क ११:१५-१७; लूका १९:४५-४६; यूहन्ना २:१३-१६)
येशूका अनुयायीहरुले प्रेरितहरू (अपोस्टल Apostle) को शिक्षा, संगति, रोटी भाँच्ने, र प्रार्थनामा आफूलाई समर्पित गरे (प्रेरित २:४२)। पावलले हाम्रो संगति स्वयं येशूसँग भएको कुरा स्मरण गराउँछन्, जाहाँ हामीलाई बोलाइएको छ (१ कोरिन्थी १:९)। यूहन्नाले १ यूहन्ना १:३-४ मा यस सत्यलाई दोहोर्याउँछन्, जसले हाम्रो संगति येशूसँगको आत्मिक एकता हो भन्ने देखाउँछ। ग्रीक शब्द क्वाइनोनियाको (koinonia) अर्थ “साझेदारी गर्नु” हो, र नयाँ करारमा यो सधैं येशूसँगको साझेदारीमा संकेत गर्दछ (फिलिप्पी ३:१०; १ कोरिन्थी १०:१६)। यसको विपरीत, क्वाइनोनोस (koinonos) केवल व्यवसाय वा सहकर्मीसँग साझेदारी हुन सक्छ (लूका ५:१०)।
१ यूहन्ना १ मा, यूहन्नाले गलत शिक्षासँग सामना गर्दै हुनुहुन्छ जसले परमेश्वरलाई चिन्ने दावी त गर्छ तर अरू विश्वासीहरूसँगको संगति चाहिँ बेवास्ता गर्छ। परमेश्वरसँगको साँचो संगति उहाँका मानिसहरूसँगको संगति मार्फत प्रकट हुन्छ; अरूसँगको हाम्रो सम्बन्धले परमेश्वरसँगको हाम्रो सम्बन्धको प्रमाण दिन्छ (यूहन्ना १३:३४-३५)। यस संगतिले परमेश्वरको तीन उद्देश्य पूरा गर्छ: विश्वासमा एकअर्कालाई सुदृढ बनाउने (हिब्रु १०:२४-२५), येशूमा एकता बलियो बनाउने (एफिसी ४:३), र विश्वासीहरूलाई आत्मिक रूपमा हृदय कठोर गर्न देखि रोक्ने (हिब्रु ३:१३)।
बाइबलले हामीलाई आतिथ्यपूर्ण बन्न, एकअर्कालाई सहयोग गर्न, र एकअर्काको हेरचाह गर्न सिकाउँछ (१ पत्रुस ४:९; ३ यूहन्ना १:८; रोमी १२:१३)। तर, यी कार्यहरू कहिल्यै पनि हाम्रो संगतिको मुख्य केन्द्रबिन्दु बन्नु हुँदैन (हिब्रु १०:२४-२५)। यदि हाम्रो भेलामा येशू सर्वोच्च स्थानमा हुनुहुन्न भने, उत्कृष्ट गतिविधिहरू पनि परमेश्वर अगाडि आत्मिक रूपमा कमजोर हुन्छन् (अमोस ५:२१-२३; यशैया २९:१३)। उहाँले सधैं हाम्रो हृदय, चर्च, र संगतिमा पहिलो स्थान लिनुपर्छ। हामी केवल येशू र उहाँको आत्माको माध्यमबाट उहाँलाई पूज्न सक्छौं (यूहन्ना १४:६; यूहन्ना ४:२४; एफिसी ५:१८-१९)। कलस्सी ३:१६ ले स्मरण गराउँछ कि हाम्रा गीतहरू केवल व्यक्तिगत भक्तिको लागि होइन, तर प्रभुमा एकअर्कालाई सुझाउनु, सुदृढ बनाउनु, र उत्साहित गर्नु हो। हाम्रा सबै गीतहरू परमेश्वरप्रति अर्पित हुनुपर्छ, किनभने उहाँ मात्र सबै प्रशंसाको योग्य हुनुहुन्छ (भजन १४५:३; व्यवस्था १०:२१; प्रकाश ४:११)। जब विश्वासीहरूले यस प्रकारको येशू-आदर संगतिमा आफूलाई समर्पित गर्छन्, हामी प्रेरित २:४६-४७ साँचो भएको देख्छौं -- खुशीपूर्ण हृदय, साझा साझेदारी, एकै मनका भई आराधना गर्ने, र परमेश्वरले प्रत्येक दिन उद्धारका लागि मानिसहरू थप्नुहुने।