प्र१. चर्च भनेको के हो?
दुई ग्रीक शब्दहरू छन् जसबाट अंग्रेजी शब्द चर्च आएको हो:
१ Ekklēsía (एक्लेसिया)
ग्रीक शब्द ekklēsía दुई शब्दहरूको संयोजनबाट आएको हो: ek, जसको अर्थ "बाहिरबाट निकालेर भित्र ल्याउनु", र kaléō, जसको अर्थ "बोलाउनु" हो।
राम्रोसँग बुझ्दा, ekklēsía ले ती मानिसहरूलाई जनाउँछ जसलाई परमेश्वरले संसारबाट आफ्नो अनन्त राज्यमा बोलाउनुहुन्छ।
ती मानिसहरूलाई हामी विश्वासी वा क्रिश्चियन भन्छौं।
ekklēsía ले विश्वासीहरूको "विश्वव्यापी" (पूर्ण) समूहलाई प्रतिनिधित्व गर्दछ जसलाई परमेश्वरले संसारबाट आफ्नो अनन्त राज्यमा बोलाउनुहुन्छ। विश्वव्यापी चर्चमा विश्वभरका विश्वासीहरू समावेश छन् - नेपाल, इंडिया, अमेरिका, युरोप, जापान र अरू राष्ट्रका ख्रीष्टियनहरू। हामी तिनीहरू सबैसँग शरीरमा संगति गर्न सक्दैनौ, तर हामी ख्रीष्टको आत्माद्वारा उहाँमा एक छौं।
पावलका पत्रहरूमा, उनले यी मानिसहरूलाई "ख्रीष्टको शरीर" को रूपमा उल्लेख गर्छन्।
त्यसकारण, ekklēsía ले ख्रीष्टको "स्थानीय" शरीरलाई पनि जनाउन सक्छ—अर्थात्, ख्रीष्टमा विश्वास गर्ने स्थानीय मानिसहरू। यी विश्वासीहरू ती हुन् जसलाई हामी नियमित र व्यक्तिगत रूपमा भेट्छौं र संगति गर्छौं। उदाहरणका लागि: काठमाडौं चर्च, पाटन चर्च, भक्तपुर चर्च।
२ Kyriakos (किरिआकोस्)
अंग्रेजी शब्द "चर्च" ग्रीक शब्द kyriakos बाट आएको हो, जसको अर्थ "प्रभुको" वा "प्रभुमा रहेको" (kyrios किरिओस्) हो।
प्र२. चर्चमा को-को छन्?
रोमी १०:९-१३ ले हामीलाई बताउँछ कि “यदि तिमीले आफ्नो मुखले येशूलाई प्रभु हो भनी स्वीकार गर्यौ र आफ्नो हृदयमा विश्वास गर्यौ कि परमेश्वरले उहाँलाई मृत्युबाट जीवित पार्नुभयो भने, तिमी बचाइनेछौ।”
यसो गर्नेहरू चर्चका हिस्सा हुन्। यी विश्वासीहरू "विश्वव्यापी चर्च" र "स्थानीय चर्च" दुवैका सदस्य हुन्।
१ कोरिन्थी १२:२७ – “तिमीहरू ख्रीष्टका शरीर हौ, र हरेक त्यसका अङ्गहरू हौ।”
विश्वासीहरूलाई एउटै शरीरका अङ्गको रूपमा हेरिन्छ, जसको शिर ख्रीष्ट हुनुहुन्छ।
रोमी १२:५ – “त्यसरी नै हामी जो धेरै छौं, हामी पनि ख्रीष्टमा एउटै शरीर हौं, र प्रत्येक एक-अर्काका अङ्ग हौं।”
चर्चमा जाति, राष्ट्रियता, पृष्ठभूमि वा स्थिति जस्तोसुकै भए पनि "ख्रीष्टमा" रहेका सबैलाई समावेश गरिएको छ।
गलाती ३:२८ – “अब न त यहूदी न अन्यजाति छ... किनकि तिमीहरू सबै ख्रीष्ट येशूमा एक हौ।”
प्र३. चर्चको कार्य वा उद्देश्य के हो?
बाइबलबाट हामीले यी मुख्य उद्देश्यहरू पाउँछौं:
क) परमेश्वरको आराधनाको लागि
हिब्रू १३:१५ - "यसकारण परमेश्वरलाई येशूद्वारा प्रशंसाको बलि निरन्तर चढ़ाऔं। यो प्रशंसा उहाँको नाउँ स्वीकार गर्ने ओठको फल हो।"
ख) येशू ख्रीष्टको चेला बन्न र बनाउन
मत्ती २८:१९-२० - "जाओ र सबै जातिहरूलाई चेला बनाओ... मैले तिमीहरूलाई आज्ञा गरेको सबै कुरा पालन गर्न तिनीहरूलाई सिकाओ।"
ग) येशू ख्रीष्टलाई प्रेम गर्नेहरु संग संगति गर्न
प्रेरित २:४२ - "तिनीहरूले आफूलाई प्रेरितहरूको शिक्षा र संगतिमा समर्पित गरे..."
घ) अरूको सेवा र प्रेम गर्न
गलाती ६:१० - "यसकारण मौका पाएअनुसार हामी सबै मानिसको भलाइ गर्दैजाऔं, विशेष गरी तिनीहरूको, जो हाम्रो विश्वासका परिवारका हुन्।"
यूहन्ना १३:३५ - "यदि तिमीहरूले एक-अर्कालाई प्रेम गर्यौ भने, यसैबाट सबैले जान्नेछन्, कि तिमीहरू मेरा चेलाहरू हौ।"
ङ) सुसमाचार फैलाउन (सुसमाचार प्रचार)
प्रेरित १:८ - "तिमीहरूले शक्ति पाउनेछौ... र तिमीहरू मेरा साक्षी हुनेछौ... पृथ्वीको छेउसम्म।"
प्र४. ख्रीष्टियनहरू प्रायः कति पटक भेला हुनुपर्छ?
हिब्रू १०:२५क - "कति जनाको सङ्गतिमा नजाने बानी हुन्छ, तर हामीचाहिँ एकसाथ भेला हुन नछोडौं…"
बाइबलले ख्रीष्टियनहरूलाई कति पटक भेट्नुपर्छ भनेर तोकेको छैन, तर विभिन्न पदहरूले यो स्पष्ट पार्छन् कि हामी नियमित रूपमा भेट्नुपर्छ र एकसाथ भेट्न छोड्नु हुँदैन।
प्र५. ख्रीष्टियनहरू भेला हुँदा के गर्नुपर्छ?
हिब्रू १०:२५ख - "...तर प्रभुको दिन नजिक आइरहेको तिमीहरूले देखेका हुनाले एउटाले अर्कालाई झन् प्रोत्साहन देओ।"
१ कोरिन्थी १४:२६ - "भाइ हो, अब हामी के भनौं त? तिमीहरू एकसाथ भेला हुँदा हरेकसँग भजन, वा शिक्षा, प्रकाश, अन्य भाषा वा अर्थ खोलाइ हुन्छ। यी सबै कुरा आत्मिक वृद्धिको निम्ति गरिऊन्।"
२ तिमोथी ३:१६-१७ - "सम्पूर्ण पवित्र-शास्त्र परमेश्वरको प्रेरणाबाट भएको हो, र यो सिकाउनलाई, अर्ती दिनलाई, सच्याउनलाई, धार्मिकतामा तालीम दिनलाई लाभदायक हुन्छ, ताकि परमेश्वरको जन हरेक सुकर्ममा पूर्ण रूपले सुसज्जित भई सिद्ध भएको होस्।"
जब ख्रीष्टियनहरू भेला हुन्छन्, तिनीहरूले एकअर्कालाई प्रोत्साहन दिनुपर्छ, पारस्परिक सुधार मार्फत ख्रीष्टको शरीरलाई निर्माण गर्नुपर्छ, र परमेश्वरको वचनमा आधारित हुनुपर्छ।
AMEN