आत्मिक वृद्धि भनेको के हो?
What is Spiritual Growth?
एक जना बिरामी मानिस रहेछ।
ऊनी डाक्टरकहाँ गएछन् र डाक्टरले जाँचे पछि केही औषधि दिएछन्।
तर त्यो मानिसले डाक्टरले दिएका कुनै पनि औषधि खाएनन्।
के त्यो मानिसल निको होलान् त?
केही ख्रीष्टियनहरूले आत्मिक वृद्धिको लागि प्रार्थना त गर्छन्, तर उनीहरु आत्मिक वृद्धि गराउने कामहरू चाहिँ गर्न चाहँदैनन्।
यी ख्रीष्टियनहरूले "आत्मिक वृद्धि" भन्नाले के बुझछन् ?
तपाईंले "आत्मिक वृद्धि" भन्नाले के बुझनुभएको छ?
केही क्रिश्चियनहरूले आत्मिक वृद्धि भन्नाले यी कुराहरू हो भन्ने बुझेका छन्:
बाइबल पढ्ने
बाइबल अध्ययन गर्ने
चर्च जाने
प्रार्थना संगति जाने
घरेलु संगतिहरूमा जाने
बाइबल कलेजमा अध्ययन गर्ने
बाइबल पढ्दा वा अध्ययन गर्दा तपाईं आत्मामा बढ्हुन्न। यो गलत सोच हो।
जब तपाईं बाइबलमा लेखिएको कुरा गर्नुहुन्छ, तब तपाईं आत्मामा बढ्नुहुन्छ।
यदि माथिका कुराहरू गर्न तपाईंलाई सजिलो छ भने, यो आत्मिक वृद्धि होइन।
उदाहरणका लागि, यदि ५० किलोग्राम तौल उठाउन मेरो लागि सजिलो छ भने, अर्को शब्दमा, यदि मलाई ५० किलोग्राम तौल उठाउन कुनै समस्या छैन भने, त्यसले मलाई कसरी फाइदा पुर्याउँछ?
के यसले मेरो शक्ति बढाउँछ वा मेरो मांसपेशीहरू निर्माण गर्छ?
त्यसै गरी, यदि बाइबल पढ्ने वा अध्ययन गर्ने कार्य तपाईंको लागि सजिलो छ भने, तपाईं आत्मिक रूपमा बढ्दै हुनुहुन्न।
यो आत्मिक वृद्धि हो:
तपाईं शनिबार चर्च जानुहुन्न किनभने तपाईंले काम गर्नुपर्छ वा अफिस जानुपर्छ।
जब तपाईं आफ्नो हाकिमलाई भन्नुहुन्छ कि तपाईं शनिबार काममा जानुहुन्न किनभने तपाईं चर्च जाँदै हुनुहुन्छ, त्यो आत्मिक वृद्धि हो।
तपाईंलाई धेरै टाउको दुखेको छ, तर तपाईंले घरेलु संगति संचालन गर्नुपर्छ।
जब तपाईं आफ्नो टाउ दुखाइको बाबजुद घरेलु संगति जानुहुन्छ, त्यो आत्मिक वृद्धि हो।
तपाईं बाइबल अध्ययनको लागि तयार हुदै हुनुहुन्छ, तर कामबाट तपाईंलाई अफिस आउनु भन्छ वा अरुकुनै व्यक्तिगत कुरा आइपर्ला।
यस्तो अवस्था बाबजुद यदि तपाईं बाइबल अध्ययनमा उपस्थित हुनुहुन्छ भने, त्यो आत्मिक वृद्धि हो।
तपाईंको यस महिना थोरै तलब र तपाईंले धेरै बिलहरू तिर्नुपर्ने छ।
जब तपाईं आफ्नो बिलहरू तिर्न अघि दशांश दिनुहुन्छ, त्यो आत्मिक वृद्धि हो।
बाइबलबाट केहि उदाहरणहरू:
एलिया र सारपतकी विधवा (१ राजा १७:७-१६)
अब्राहामको परीक्षा (उत्पत्ति २२:१-१८)
चेलाहरूले माछा पक्रनछन् (लूका ५:१-११)
येशूले भन्नुभो, "तर पहिले उहाँको राज्य र उहाँका धार्मिकताको खोजी गर, र यी सबै थोक तिमीहरूका निम्ति थपिनेछन्।" मत्ती ६:३३
परमेश्वरलाई पहिले खोज्नु भनेको आत्मिक वृद्धि हो।
अनि यसको अर्थ बाइबल अध्ययन गर्नु, दैनिक वचनमा समय बिताउनु, वा नियमित रूपमा चर्च जानु भनेको होइन। यो ठूलो भुल हो।
परमेश्वरको राज्यलाई पहिले खोज्नु भनेको परमेश्वरलाई पहिलो स्थानमा राख्नु र अरू सबै कुरालाई दोस्रो स्थानमा राख्नु हो।
यदि तपाईं चर्च जान चाहनुहुन्छ भने, चर्च जानुहोस्। केवल प्रार्थना नगर्नुहोस्। कार्य गर्नुहोस्!
चर्च जानको लागि तपाईंलाई विशेष दिन, विशेष समय, वा विशेष बोलावट चाहिँदैन। जानुहोस्!
तपाईं कसरी आत्मिक रूपमा बढ्दै हुनुहुन्छ? तपाईं दैनिक आत्मिक रूपमा बढ्न के गर्दै हुनुहुन्छ?
पावल भन्छन् कि हामीले हाम्रो शरीरलाई "जिउँदो बलिको" रूपमा परमेश्वरलाई ग्रहणयोग्य हुने गरी अर्पण गर्नुपर्छ। (रोमी १२:१, १ पत्रुस २:५ मा पनि)
आत्मिक रूपमा वृद्धि हुने एक मात्र तरिका हो "जिउँदो बलि" हुनु।
तपाईं कसरी दैनिक "जिउँदो बलि" हुनुहुन्छ?


AMEN