जसले येशू, स्वर्गबाट ओर्लिआएको रोटी, लाई खान्छ ऊ सधैंभरि बाँच्नेछ। (यूहन्ना ६:४८-५८)
Whoever Eats Jesus, the Bread From Heaven, will Live Forever. (John 6:48-58 )
यूहन्ना ६:४८-५१ — येशू स्वर्गबाट ओर्लिआएको जीवनको रोटी हुनुहुन्छ
येशूले भन्नुभयो, “म जीवनको रोटी हुँ” (पद ४८)।
यसको अर्थ के हो?
पहिले, येशूले उहाँ शाब्दिक (literal) रूपमा रोटी हुनुहुन्छ भनी भनिरहनुभएको छैन। जसरी उहाँले आफू ढोका वा ज्योति हुनुहुन्छ भन्नुहुन्छ, त्यसरी नै उहाँले गहिरो आत्मिक वास्तविकतालाई औंल्याउन लाक्षणिक (figurative) भाषा प्रयोग गरिरहनुभएको छ। उहाँले भौतिक रोटीको बारेमा कुरा गरिरहनुभएको छैन, तर आत्मिक रोटीको बारेमा।
हामी यो कसरी जान्दछौं?
किनभने येशूले इस्राएलीहरूले उजाडस्थानमा खाएको भौतिक रोटी, मन्नालाई संकेत गर्नुहुन्छ। पद ४९ मा, उहाँले तिनीहरूलाई सम्झाउनुहुन्छ कि तिनीहरूका पुर्खाहरूले त्यो रोटी खाए र पनि मरे। यद्यपि मन्ना परमेश्वरले प्रदान गर्नुभएको थियो, यसले अनन्त जीवन दिएन। येशू यहाँ एउटा महत्त्वपूर्ण सत्य सिकाउँदै हुनुहुन्छ: परमेश्वरको प्रावधान (provision) अनन्तको मुक्ति (salvation) बराबर हुँदैन। इस्राएलीहरूले परमेश्वरका चमत्कारहरू अनुभव गरे, प्रार्थनाहरूको जवाफ पाए, र दैनिक प्रावधान पाए, तैपनि तिनीहरू शारीरिक रूपमा मरे र धेरै जना आत्मिक रूपमा विश्वासी रहेनन्।
प्रश्न: के तपाईंले आशिष्, प्रार्थनाको उत्तर, चङ्गाइ पाउनुभएको छ, र तैपनि मुक्ति नपाउने खतरामा हुनुहुन्छ?
यो आज हाम्रो लागि एउटा महत्त्वपूर्ण पाठ हो। परमेश्वरबाट आशिष, प्रार्थनाको उत्तर, वा भौतिक प्रावधान प्राप्त गर्नाले मुक्तिको ग्यारेन्टी दिँदैन। परमेश्वर असल र अनुग्रही हुनुहुन्छ, तर उहाँको भलाइ हाम्रो जीवन परिवर्तन भएको प्रमाण होइन। (But His goodness alone is not proof that our lives have been transformed.) परिवर्तित जीवन मुक्तिको प्रमाण हो (मत्ती ७:१६-२०; २ कोरिन्थी ५:१७; याकूब २:१७)।
यसैकारण पावल लेख्छन्, “डर र कम्पका साथ आफ्नो मुक्तिको काम पूरा गर्न परिश्रम गर” (फिलिप्पी २:१२)। ध्यान दिनुहोस्, उनले आफ्नो मुक्तिको लागि काम गर भनिरहेका छैनन्, तर मुक्तिको काम पूरा गर परिश्रम गर भनिरहेका छन्। उहाँ अविश्वासीहरूसँग होइन तर विश्वासीहरूसँग बोल्दै हुनुहुन्छ, जससँग पहिले नै (येशूमा विश्वास गरेपछि) मुक्ति छ। उनीहरू भित्र परमेश्वरले गर्नुभएको मुक्तिको काममा बाँच्न उनी विश्वासीहरूलाई आह्वान गर्दै हुनुहुन्छ।
यदि हामीसँग साँच्चै जीवनको रोटी छ भने, हाम्रो जीवनले त्यो जीवनलाई प्रतिबिम्बित (reflect) गर्नुपर्छ। जीवनको रोटीले आत्मिक प्रशस्ततालाई कायम राख्छ, पोषण दिन्छ र डोऱ्याउछ। यसको विपरीत, मन्नाले एक क्षणको लागि मात्र शारीरिक भोक मेटाउँछ। मन्नद्वारा आकार दिइएको जीवनले अस्थायी कुरामा ध्यान केन्द्रित गर्छ। ख्रीष्टद्वारा आकार दिइएको जीवनले अनन्ततालाई प्रतिबिम्बित गर्छ। (A life shaped by Christ reflects eternity.)
हाम्रो हृदय र मुखबाट निस्कने कुरा: प्रशंसा, कृतज्ञता र परमेश्वरप्रतिको आज्ञाकारिता हुनुपर्छ। यदि हामीसँग जीवनको रोटी भएको दाबी गर्छौं तर अस्थायी चीजहरू नै सबै कुरा हुन् भनेर बाँचिरहेका छौं भने, हामीले यसको अनादर गर्छौं। भौतिक कुराहरू अस्थायी हुन्छन्। मन्ना अस्थायी थियो तर ख्रीष्ट अनन्त हुनुहुन्छ।
येशूले भन्नुभयो:
“नष्ट हुने भोजनको निम्ति परिश्रम नगर, तर अनन्त जीवनसम्म रहने भोजनको निम्ति परिश्रम गर, जो मानिसको पुत्रले तिमीहरूलाई दिनेछ…” (यूहन्ना ६:२७)
यद्यपि मन्ना परमेश्वरबाट आएको हो, तर हामीलाई साँच्चै स्वर्गबाट आएको रोटी चाहिन्छ, र येशू त्यो रोटी हुनुहुन्छ। हामीले यसलाई प्राप्त गरेपछि लुकाएर राख्नु हुन्न। यो रोटी प्राप्त गरेपछि, हामी सक्रिय हुनुपर्छ, निष्क्रिय होइन। येशू भन्नुहुन्छ कि हामीले यसलाई खानुपर्छ। अर्को शब्दमा, हामीले निरन्तर ख्रीष्टलाई खोज्नुपर्छ (कलस्सी ३:१), उहाँमा भर पर्नुपर्छ (२ कोरिन्थी ३:५), र उहाँबाट बाँच्नुपर्छ (प्रेरित १७:२८)। यो पावलले हाम्रो मुक्तिको काम पूरा गर्न परिश्रम गर भन्ने कुरासँग मेल खान्छ: जसरी हामी हाम्रो शारीरिक कल्याणको लागि दिनहुँ खाना खान्छौं, त्यसरी नै हामी हाम्रो आत्मिक कल्याणको लागि (मुक्तिको काम पूरा गर्न) दिनहुँ ख्रीष्टलाई खानछौं।
प्रश्न: तपाईं दिनहुँ येशूलाई कसरी खुवाउँदै हुनुहुन्छ?
यूहन्ना ६:५२-५८ — येशूको देह खाने र उहाँको रगत पिउने
उहाँ जीवनको रोटी र स्वर्गबाट आएको साँचो रोटी हुनुहुन्छ भनी घोषणा गरिसकेपछि, येशूले अझ अगाडि बढेर भन्नुहुन्छ कि उहाँको शरीर वा देह साँचो खाना हो, र उहाँको देह खाने जो कोही सधैंभरि बाँच्नेछ (पद ५१)। यसले यहूदीहरूमाझ भ्रम र आक्रोश पैदा गर्यो। तिनीहरूले आपसमा बहस गरे, येशूले कसरी आफ्नो देह खान दिन सक्नुहुन्छ। तिनीहरूका लागि यो विचार अकल्पनीय थियो।
येशूले किन उहाँको शरीर साँचो खाना हो भन्नुभयो र यसको अर्थ के हो?
त्यसपछि येशूले अर्को स्तब्ध पार्ने भनाइ थप्नुभयो: तिनीहरूले उहाँको रगत पनि पिउनुपर्नेछ (पद ५३)। यो अझ बढी विचलित पार्ने खालको थियो, किनकि मोशाको व्यवस्थाले रगत पिउन कडाइका साथ निषेध गरेको थियो (लेवी १७:१०-१४)। यहूदीहरूको लागि यो पापपूर्ण थियो। तैपनि येशूले जोड दिनुहुन्छ कि जसले उहाँको देह खान्छ र उहाँको रगत पिउँछ उसको अनन्त जीवन हुन्छ, र उहाँले तिनीहरूलाई अन्तिम दिनमा जीवित पार्नुहुनेछ (पद ५४)।
पहिले, जब येशूले आफू जीवनको रोटी हुनुहुन्छ भन्नुभयो, उहाँले स्पष्ट रूपमा शाब्दिक रोटी भन्नुभएको थिएन।त्यसै गरी, जब उहाँले आफ्नो देह खाने र रगत पिउने कुरा गर्नुहुन्छ, उहाँले शाब्दिक रूपमा बोलिरहनुभएको छैन। उहाँले गहिरो आत्मिक सत्यलाई औंल्याइरहनुभएको छ। पद ५५ मा, येशूले आफ्नो देह साँचो खाना हो र उहाँको रगत साँचो पिउने कुरा हो भन्नुहुन्छ।
यहाँ प्रयोग गरिएको शब्द “साँचो” को अर्थ बुझौँ। यहाँ अनुवाद गरिएको ग्रीक शब्द “अलेथेया” ἀλήθεια (alētheia) हो। यसको अर्थ वास्तविकता (reality) हो, भ्रमको विपरीत, अर्थात् तथ्य। त्यसैले जब येशूले उहाँ साँचो खाना हुनुहुन्छ भन्नुहुन्छ, उहाँको अर्थ यो वास्तविक हो, भ्रम (illusion) होइन, परम र वास्तविक हो, जुन अस्थायी वा केवल प्रतीकात्मक (symbolic) हो भन्ने होइन।
येशूले आफूलाई मन्नासँग तुलना गर्दै हुनुहुन्छ। दुवै परमेश्वरबाट आएका हुन्, तर येशूले मात्र अनन्त जीवन दिनुहुन्छ। जसले उहाँलाई खानछ, ऊ उहाँमा रहन्छ, र उहाँ तिनीमा रहनुहुन्छ (पद ५६)। यसले सम्बन्धको कुरा गर्छ, विघिको होइन। येशूले त्यसपछि व्याख्या गर्नुहुन्छ कि जसरी उहाँ पिताको कारणले बाँच्नुहुन्छ, त्यसरी नै उहाँलाई खानेहरू पनि उहाँको कारणले बाँच्छन् (पद ५७)।
अनन्त जीवन परमेश्वरसँगको यस जीवित सम्बन्धबाट बग्छ। येशूको शिक्षाको मर्म/केन्द्र/सार यही हो: अनन्त जीवन उहाँसँग निरन्तर संगतिमा पाइन्छ। जब हामी ख्रीष्टमा रहन्छौं, हामी पिताबाट आउने जीवनमा भाग लिन्छौं, कहिल्यै अन्त्य नहुने जीवन (पद ५८)।
प्रश्न: ख्रीष्ट मार्फत तपाईं सधैंभरि बाँच्न सक्नुहुन्छ भन्ने कुरा जान्नुको अर्थ तपाईंको लागि के हो?
र ख्रीष्टमा तपाईंलाई मुक्ति छ भन्ने थाहा पाएर, यस नयाँ वर्षमा तपाईं कसरी जिउनुहुनेछ?



