हामीलाई थाहा छ परमेश्वरलाई हाम्रो रुपैयाँ-पैसा चाहिँदैन, त्यसैले किन भेटि दिनु पर्यो त?
किनभने आफ्नो लागि राख्नु भन्दा दिनु असल हो।
“मैले सबै कुरामा तपाईंहरूलाई उदाहरण दिएको छु, कि तपाईंहरूले पनि यसरी नै कड़ा परिश्रम गरेर निर्धाहरूलाई मदत गर्नुपर्छ। प्रभु येशूको वचन याद राख्नुहोस्, कसरी उहाँ आफैले भन्नुभएको छ, कि लिनुभन्दा दिनु अझ धन्य हो।” — प्रेरित २०:३५
१. दिनुहोस् किनभने तपाईलाई दिइएको छ।
जसलाई दिइएको छ त्यसले मात्र दिन सक्छ, र जसलाई दिइएको छ उनीहरूले मात्र पाएका छन्
रिक्तताबाट कसैले दिन सक्दैन, जस सँग छ त्यसले मात्र दिन सक्छ
त्यो वृद्ध विधवाले पनि आफूसँग भएकोबाट (सबै) दिनुभयो -- यदि नभएको भए उहाँले दिन सक्नुहुन्थेन
२. कृतज्ञता, आदर, प्रेम देखाउन दिनुहोस्।
३. विश्वास र वफादारी देखाउन दिनुहोस् (एक पटक र त्यसपछि बारम्बार)
४. गुणन गर्नको लागि दिनुहोस् (बाइबलीय गणित -- दिनुस् र धेरै बनाउनुस्)
५. दिनाले तपाईंको हृदयको अवस्था देखाउँछ -- तपाईंको हृदयको प्रशस्तता, उदारता, कृतज्ञता
कसरी दिने ?
१. प्रेम र आदर साथ दिनुहोस्
२. आफ्नो हृदयको आनन्दबाट, खुशी र उदारता साथ दिनुहोस्
३. गलत अपेक्षाहरू बिना दिनुहोस्
“यसकारण जे कैसरका हुन्, ती कैसरलाई देओ, र जे परमेश्वरका हुन् ती परमेश्वरलाई देओ।” — मत्ती २२:२१
“तिर्नुपर्ने कुरा सबैलाई तिर— कर तिर्नुपर्नेलाई कर, महसूल तिर्नुपर्नेलाई महसूल, आदर गर्नुपर्नेलाई आदर, इज्जत गर्नुपर्नेलाई इज्जत गर।” — रोमी १३:७
“तर हाबिलले आफ्ना भेड़ाको बगालबाट पहिले बियाएका पाठाहरूका बोसे भाग ल्याए। परमप्रभुले हाबिल र तिनको भेटी ग्रहण गर्नुभयो” — उत्पत्ति ४:४
'“यसैकारण म तिमीहरूलाई भन्दछु, ‘के खाउँला, के पिउँला’ भनी आफ्नो प्राणको निम्ति र ‘के लगाउँला’ भनी आफ्नो शरीरको निम्ति फिक्री नगर।’ के जीवन खानेकुराभन्दा र शरीर लुगाफाटाभन्दा उत्तम होइन? आकाशका चराचुरुङ्गीलाई हेर। तिनीहरूले न त बीउ छर्छन्, न अन्न कटनी गर्छन्, न भकारीमा बटुल्छन्, तर तिमीहरूका स्वर्गका पिताले तिनीहरूलाई खुवाउनुहुन्छ। के तिमीहरू तिनीहरूभन्दा बढ़ी मूल्यवान् छैनौ र? तिमीहरूमध्ये कुनचाहिँले फिक्री गरेर आफ्नो आयुमा एक घड़ी पनि थप्न सक्छ?' — मत्ती ६:२५-२७
'यसकारण ‘के खाऔंला?’ कि ‘के पिऔंला?’ कि ‘के पहिरौंला?’ भनेर फिक्री नगर। किनकि अन्यजातिहरूले यी सब थोक खोज्दछन्, र तिमीहरूका स्वर्गमा हुनुहुने पिताले तिमीहरूलाई यी सबै थोकको खाँचो छ भनी जान्नुहुन्छ। तर पहिले उहाँको राज्य र उहाँका धार्मिकताको खोजी गर, र यी सबै थोक तिमीहरूका निम्ति थपिनेछन्।' — मत्ती ६:३१-३३
'कोही मानिसले उदार हातले दिन्छ र अझ बढ़ी पाउँछ, अर्कोले दिन सक्ने पनि दिँदैन, र दरिद्रतामा पर्छ। ' — हितोपदेश ११:२४
'छलद्वारा पाएको भोजन मानिसलाई मीठो लाग्छ, तर त्यसको अन्त्यचाहिँ मुखभरि रोडा हालेसरह हुन्छ। '—हितोपदेश २०:१७