के तपाईं दशांश वा भेटी दिनुहुन्छ?
किन त्यसो गर्नुहुन्छ?
यदि तपाईंले दशांश वा भेटी दिनुभएन भने के हुन्छ?
बाइबलले "दशांश" वा भेटि बारे के सिकाउँछ?
"दशांश" भनेको आफ्नो आय स्रोत, आमदानी वा उत्पादनबाट परमेश्वरलाई दस प्रतिशत (१०%) दिनु हो।
मत्ती २२:१५-२२ मा, जब फरिसीहरूले करको सम्बन्धमा येशूलाई फसाउन खोजे, येशूले तिनीहरूलाई भेटि बारे, दिने बारे सत्य कुरा सिकाउनुभयो। फरिसीहरूले कैसरलाई कर तिर्नु उचित छ कि छैन भनेर सोधे। त्यसपछि येशूले भन्नुभयो, "कैसरका कुराहरू कैसरलाई, र परमेश्वरका कुराहरू परमेश्वरलाई देउ।"
जब येशूले कैसरलाई कैसरकै कुराहरू दिन भन्नुहुन्छ, त्यो भनेको के हो? त्यसको आर्थ के हो? उहाँले के सिकाउदै हुनुहुन्छ?
पहिले सोधौं, "कैसर के वा को हो?" कैसर रोम राज्य र यसको क्षेत्रहरु को प्रमुख थिए। यरूशलेम रोमको कब्जामा थियो, त्यसैले यरूशलेममा बस्ने सबैले आफ्नो सरकार -- सिजरलाई कर तिर्न कानुनी दायित्व थियो। येशूको समयमा सिजर शासक थिए। हाम्रो लागि "सिजर" को हुन्? हाम्रो लागि "सिजर" हाम्रो सरकार हो। हामी नेपाल, भारत, संयुक्त राज्य अमेरिका वा अन्य जुनसुकै देशमा बसे पनि त्यो देशको सरकारलाई कर तिर्नुपर्ने कानुनी दायित्व हो। येशूले भन्नुभयो कि हामीले कानुनी रूपमा हाम्रो सरकारलाई हाम्रो करहरू दिनु पर्छ। हामीले हाम्रो नागरिकको कर्तव्यबाट पछि हट्नु हुँदैन।
येशूले "परमेश्वरका कुराहरू" परमेश्वरलाई दिनु भन्नुको अर्थ के थियो? फेरि, हामी सोधौं, के हो "परमेश्वरका कुराहरू"? सबै कुरा! सबै कुरा परमेश्वरकै हुन् किनभने उहाँले नै सबै कुरा सृष्टि गर्नुभयो, र सबै कुरा उहाँबाट नै आउँछ किनभने उहाँ नै सबै कुराको स्रोत हुनुहुन्छ। त्यसकारण, हामी सबै कुरा परमेश्वरकालाई फिर्ता दिन्छौं। तर यसको अर्थ के हो? यदि हामीले सबै कुरा परमेश्वरलाई फिर्ता दियौं भने, हामी कसरी आफ्नो जीविका आर्जन गर्नसक्छौं? येशुले हामीलाई के सिकाउँदै हुनुहुन्छ? जसरी हामी आफ्नो सरकारलाई हाम्रो कमाईबाट केहि अंश दिन्छौं, पूरा होइन, के हामीले परमेश्वरलाई पनि केहि अंश दिने हो कि? के बाइबलमा यसरी दिने बारे सिकाइएको छ?
हामी पुरानो नियमामा हेरौं। लेवी २७ मा, परमेश्वरले इस्राएललाई भन्नुहुन्छ की "दशांश" परमप्रभुलाई ल्याउनुपर्ने थियो किनभने यो परमप्रभुको लागि पवित्र थियो। गन्ती १८ मा, परमेश्वरले इस्राएलीहरूलाई यो दशांश कसरी प्रयोग गर्ने भनेर सिकाउनुभयो - यो लेवीहरूलाई (पुजारीहरू) दिइने थियो।
“लेवीहरूलाई चाहिँ भेट हुने पालमा सेवा गर्नका निम्ति तिनीहरूको अंश स्वरूप मैले इस्राएलीहरूका सबै दशांश दिएको छु।" — गन्ती १८:२१
पहिलो दशांश अब्राम द्वारा दिइएको थियो (उत्पत्ति १४:२०)। अब्राम भर्खरै युद्धबाट फर्केका थिए जहाँ उनले आफ्नो भतिजा लोतलाई सफलतापूर्वक बचाए र कदोर्लाओमेर र उनीसँग भएका राजाहरू र सदोमका राजालाई पराजित गरे। अब्रामले शालेमका राजा मल्कीसेदेकलाई दशांश दिए। दशांश दिनु भनेको अब्रामको लागि आफ्नो विजय परमेश्वरको सहायता र प्रबन्धको कारणले भएको हो भनी स्वीकार गर्ने तरिका थियो। मल्कीसेदेकलाई सर्वोच्च परमेश्वरको पुजारी र शालेम (प्राचीन यरूशलेम) को राजाको रूपमा वर्णन गरिएको थियो। दशांश दिएर, अब्रामले मल्कीसेदेकको आध्यात्मिक अख्तियारलाई मान्यता दिए र उहाँद्वारा परमेश्वरको कामलाई स्वीकार गरे।
तर हामीलाई के? हामीले किन दशांश वा भेटी दिनुपर्यो? के यो पुरानो नियम वा हिब्रू संस्कृति होइन? के यो हामीलाई लागू हुन्छ र?
येशूले फरिसीहरूलाई सिकाउनुभएको कुरामा फर्कौं। उहाँले परमेश्वरका कुराहरू परमेश्वरलाई दिन सिकाउन भयो। त्यसोभए, यदि हामी येशूलाई पछ्याउँछौं भने, उहाँले भन्नुभए अनुसार हामीले गर्नुपर्छ।
त्यसोभए हामी पहिले दशांश दिएर सुरु गरौँ। त्यस पछि हामी अरू भेटिहरू दिन सक्छौं।
यसबाहेक, येशूका चेलाहरू र प्रेरितहरूले दिने (भेटि ) बारे यी सिकाउनुभयो।
रोमी १२:१३ "सन्तहरूको खाँचोमा सहायता देओ, अतिथिसत्कार कायम राख।"
२ कोरिन्थी ८:३ "किनकि म गवाही दिन्छु, कि तिनीहरूले आफ्नो औकातअनुसार र औकातभन्दा बढ़ी पनि आफ्नै राजीखुशीले दिए।"
फिलिप्पी ४:१८ "मैले पाउनुपर्नेभन्दा बढ़ी नै पाएको छु। इपाफ्रोडिटसद्वारा पठाइदिएका तिमीहरूको मीठो बास्ना भएको, र परमेश्वरलाई मनपर्दो र ग्रहणयोग्य बलिदान पाएर म तृप्त भएको छु।"
१ तिमोथी ६:१८ "तिनीहरूले असल कार्य गरून्, र असल कामहरूमा धनी, उदार-चित्त र दानी होऊन्।"
हिब्रू १३:१६ "भलाइ गर्न र आफूसँग भएका कुरा बाँड़चूँड़ गर्न नभुल, किनकि यस्तै बलिहरूमा परमेश्वर प्रसन्न हुनुहुन्छ।"
२ कोरिन्थी ९:६-७ “तर कुरा यही हो, कि थोरै छर्नेले थोरै नै कटनी गर्छ, र प्रशस्तसँग छर्नेले प्रशस्तसँग कटनी गर्छ। अनि हरेक मानिसले आफ्नो मनमा सङ्कल्प गरेबमोजिम देओस्, इच्छा नभई होइन, न त करकापमा परेर। किनभने खुशीसाथ दिनेलाई परमेश्वरले प्रेम गर्नुहुन्छ।”
अन्तमा, पावलले येशूद्वारा सिकाउनु भायो --
"मैले सबै कुरामा तपाईंहरूलाई उदाहरण दिएको छु, कि तपाईंहरूले पनि यसरी नै कड़ा परिश्रम गरेर निर्धाहरूलाई मदत गर्नुपर्छ। प्रभु येशूको वचन याद राख्नुहोस्, कसरी उहाँ आफैले भन्नुभएको छ, कि लिनुभन्दा दिनु अझ धन्य हो।” — प्रेरित २०:३५
“आफ्नो धन-सम्पत्ति र आफ्ना सबै उब्जनीको अगौटे फलले परमप्रभुको आदर गर…”
हितोपदेश ३:९
किन दशांश वा भेटी दिने? (भाग २)
हामीलाई थाहा छ परमेश्वरलाई हाम्रो रुपैयाँ-पैसा चाहिँदैन, त्यसैले किन भेटि दिनु पर्यो त?
AMEN