तपाईंले सायद यो प्रश्न पहिले सुन्नुभएको होला: सबैभन्दा “राम्रो” चर्च कुन हो? वा “सर्वोत्तम” चर्च भनेको के हो?
तपाईंले एउटा सामान्य उत्तर पनि सुन्नुभएको होला: "राम्रो वा सर्वोत्तम" चर्च भन्ने नै हुँदैन। किनभने यदि त्यसो भएको भए, हामीसँग यति धेरै फरक सम्प्रदाय (डिनोमिनेशनहरू Denominations) हुने थिएनन्। यसबाहेक प्रत्येक सम्प्रदायले हाम्रो सबैभन्दा राम्रो हो वा, कमसेकम, हामी बाइबलका शिक्षाहरूप्रति सबैभन्दा धेरै वफादार भएका छौं भन्ने विश्वास गर्छ। यदि यसका संस्थापकहरूले त्यो विश्वास गर्दैनथे भने, तिनीहरूले किन नयाँ सम्प्रदाय सुरु नै गर्नुपर्थ्यो र?
उदाहरणका लागि, मार्टिन लुथरलाई लिनुहोस्। आफ्नो ९५ थेसिसमा, उनले क्याथोलिक चर्च (Catholic Church) भित्र गैर-बाइबलीय अभ्यासहरूको रूपमा देखेका कुराहरूको आलोचना गरे, जसले गर्दा हामी अहिले प्रोटेस्टेन्ट सुधारवाद (Protestant Reformation) भनिने कुरालाई स्फूर्ति मिल्यो। त्यो आन्दोलनले (यद्यपि अप्रत्यक्ष रूपमा) धेरै नयाँ सम्प्रदायहरूको जन्म गरायो - जुन प्रवृत्ति आजसम्म पनि जारी छ।
प्रत्येक नयाँ चर्च वा आन्दोलन (movement) प्रायः आफ्नै सम्प्रदाय (denomination) बन्छ, अलग-अलग विश्वास, अभ्यास र परम्पराहरू सहित पूर्ण जसले यसलाई अलग बनाउँछ - कम्तिमा यस सम्प्रदायका सदस्यहरूको नजरमा। त्यसैले फेरि एक पटक, प्रत्येक सम्प्रदायले आफूलाई आफ्नै तरिकाले “सर्वोत्तम” को रूपमा देख्छ। अर्को शब्दमा, “आदर्श, सर्वोत्तम, राम्रो” चर्च के हो भन्ने प्रश्नको जवाफ दिनु बढी जटिल छ।
तर मलाई विश्वास छ कि मैले चर्चलाई साँच्चै आदर्श बनाउने कुरा पहिचान गर्न एउटा उपयोगी सूत्र फेला पारेको छु। यदि तपाईंले यी दुई कारकहरूलाई हटाउन सक्नुहुन्छ भने, तपाईंसँग लगभग “आदर्श, सर्वोत्तम, राम्रो” चर्च हुनेछ।
पहिलो, पैसाबाट मुक्त चर्च
मेरो विचारमा, सबैभन्दा राम्रो चर्च त्यो हो जहाँ पैसाले कुनै भूमिका खेल्दैन। जब हामी आर्थिक तत्वलाई हटाउँछौं, चर्च त्यो आदर्श स्थान बन्छ जुन त्यो हुनु पर्ने हो - परमेश्वरमा केन्द्रित मानिसहरू: विश्वास, प्रेम र सेवा।
अब, तपाईंले सोध्न सक्नुहुन्छ, “दशांश र भेटीहरूको बारे के गर्ने?”
खैर, के गर्ने त?
येशूले के सिकाउनुभयो?
यदि तपाईं दशांश दिन चाहनुहुन्छ वा भेटी दिन चाहनुहुन्छ भने, तपाईंलाई कसले रोकिरहेको छ? दिनुहोस्! तपाईंलाई जे दिन वा जति दिन प्रेरित गरिएको छ त्यो दिनुमा केही गलत छैन। येशूले माग्ने जो कोहीलाई पनि दिन (लूका ६:३०), सित्तैंमा दिन (मत्ती १०:८), उदारतापूर्वक दिन (लूका ६:३८), र बदलामा केहि आशा नगरी दिन (लूका १४:१३-१४), र गोप्य रूपमा दिन (मत्ती ६:३-४) सिकाउनुभयो। के तपाई यी सबै गर्दैहुनुहुछ?
दिने बारेमा बाइबलले अरू के भन्छ?
नयाँ नियममा, हामी देख्छौं कि पहिलो ख्रीष्टियनहरूले आफ्नो स्थानीय र टाढा चर्चका आवश्यकतामा परेकाहरूलाई सहयोग गर्न भेटि सङ्कलन गर्थे। उदाहरणका लागि, प्रेरित पावलले अरूलाई मद्दत गर्न एउटा चर्चबाट भेटी लिए (प्रेरित ११:२९-३०, १ कोरिन्थी १६:१-४)। तर यहाँ मुख्य कुरा हो - पावलले कहिल्यै भेटीहरू आफ्नो लागि प्रयोग गरेनन्। उनले आफ्नो सेवकाईलाई समर्थन गर्न पाल बनाउने (प्रेरित १८:३) को रूपमा काम गरे। “पाल बनाउने” (tent makers) शब्द यहींबाट आएको हो।
त्यसो भए, बाइबलले रुपियाँपैसाको बारेमा के भन्छ?
१ तिमोथी ६:१० मा, यसले हामीलाई भन्छ, “किनभने रुपियाँपैसाको मोह नै सबै किसिमका खराबीको जड़ हो। पैसाको लोभमा परेर कोही-कोही विश्वासबाट कुमार्गतिर लागेका छन्, र धेरै पीडाले तिनीहरूका हृदय घोचेका छन्।” एउटा प्रमुख खराबी जसबाट चर्च बच्न सकन्छ त्यो हो चर्च भित्रको आर्थिक उलझन।
पैसा बिनाको चर्चको कल्पना गर्नुहोस्
यदि चर्चले पैसासँग व्यवहार गर्दैन भने त्यो चर्च कस्तो देखिन्थ्यो होला? दशांश छैन, भेटी छैन, कुनै आर्थिक लेनदेन छैन। पैसा बिना, आज चर्चहरूमा उत्पन्न हुने धेरै समस्याहरू - शक्ति संघर्ष, वित्तीय कुप्रबंधन, र असहमतिहरू - सजिलै हराउने थिए।
जब पैसा समावेश हुन्छ, कसैले त्यसलाई व्यवस्थापन गर्न आवश्यक पर्दछ। त्यसपछि, त्यो व्यक्तिलाई निरीक्षण चाहिन्छ, र तपाईंले थाहा पाउनु अघि, तपाईंलाई वित्तीय निर्णयहरू लिन मानिसहरूको सम्पूर्ण समूह चाहिन्छ। यसले धेरै मिटीङ्गहरू (जुनमा कसैलाई पनि जान मन पर्दैन), असहमति, र कहिलेकाहीं तितोपन पनि निम्त्याउँछ। चर्च त्यस्तो हुनु हुँदैन। तर दुःखको कुरा, संसारभरका चर्चहरूको अवस्था यस्तै छ।
पैसाको तत्वलाई हटाएर, हामी चर्चको मुख्य उद्देश्य: परमेश्वरको सेवा र आराधना गर्नेबाट टाढा लैजाने अलमल्याउने र जटिलताहरूलाई हटाउँछौं। मत्ती १६:१८ मा, येशूले भन्नुभयो, "म मेरो चर्च निर्माण गर्नेछु, र नरकका ढोकाहरू यसको विरुद्धमा विजयी हुनेछैनन्।" यसले सुझाव दिन्छ कि चर्चको जग आर्थिक होइन, आत्मिक हुनुपर्छ। चर्च येशू र उहाँको उद्देश्यमा केन्द्रित (focused not centered) हुनुपर्छ।
(भाग १/२)