जब पैसा चर्चको जीवनमा केन्द्रबिन्दु बन्छ, यसले प्रायः अख्तियार (शक्ति) को गतिशीलता ल्याउँछ। जसले पैसा (वित्त, आर्थिक) नियन्त्रण गर्छ उसले त्यो कसरी र कहिले प्रयोग गर्ने भनेर पनि नियन्त्रण गर्न सक्छ। चर्चको पैसाको प्रयोगमा प्रभाव पार्न सक्छ वा त्यसको प्रयोगमा निर्देशन दिन सक्छ। यस्तो अवस्थामा, चर्चले आराधना गर्ने ठाऊँ नभएर वित्तीय गर्ने संस्था बन्ने जोखिममा पर्नसक्छ, जहाँ केही व्यक्तिहरूले गरेका निर्णयले सम्पूर्ण चर्चको आर्थिक मात्र होइन तर आत्मिक जीवनलाई पनि असर गर्छ।
वित्तीय (आर्थिक) व्यवस्थापन आवश्यक छ र यो स्वाभाविक रूपमा गलत होइन, तर यसले एउटा महत्त्वपूर्ण प्रश्न खडा गर्छ: के चर्चको प्राथमिक चिन्ता दशांश, भेटी र आर्थिक उपहारहरू कसरी व्यवस्थापन गर्ने भन्ने हो वा यसको आत्मिक मिशनप्रति कसरी विश्वासयोग्य रहनु हो?
त्यसपछि अर्को प्रश्न यो छ: त्यसोभए चर्चहरूले किन यति धेरै समय, स्रोतसाधन खर्च गर्छन् र आफ्नो आर्थिक व्यवस्थापनमा ध्यान केन्द्रित गर्छन्?
पैसा बाहेक: चर्चमा अख्तियारका आरु लुकेका स्रोतहरू
यद्यपि, अख्तियार पैसाबाट मात्र आउँछ भन्ने विचार अपूर्ण छ। अख्तियार धेरै अन्य स्रोतहरूबाट उत्पन्न हुन सक्छ - जस्तै व्यक्तिगत प्रभाव, शिक्षा, पारिवारिक सम्बन्ध, सामाजिक स्थिति, वा जाति र सम्पदा। यस प्रकारको अख्तियार प्रायः कम देखिने तर उत्तिकै प्रभावशाली हुन्छन्, जसले चर्च संस्कृति र नेतृत्वलाई सूक्ष्म तर महत्त्वपूर्ण तरिकाले आकार दिन्छ।
नियन्त्रण नगरिएमा, अख्तियारका यी रूपहरूले असंतुलन सिर्जना गर्न सक्छन् जसले एकतालाई कमजोर बनाउँछ, विविध आवाजहरूलाई दबाउँछ, र चर्चले मूर्त रूप दिन बोलाएको नम्रतालाई क्षय गर्छ। तिनीहरू प्रायः चुनौतीरहित हुन्छन् किनभने तिनीहरू परम्परा, परिचितता, वा कसले नेतृत्व गर्नुपर्छ वा प्रभाव पार्नु पर्छ भन्ने बारे अव्यक्त धारणाहरूमा निहित हुन्छन्।
नियन्त्रण नगरिएको अख्तियारको खतरा
यसको स्रोत - पैसा, करिश्मा, शिक्षा, वा संस्कृति - जेसुकै भए पनि जब अख्तियार जवाफदेहिता वा नम्रता बिना सञ्चालन हुन्छ तब त्यो खतरनाक हुन्छ। येशूले आफ्ना चेलाहरूलाई संसारको अधिकारको नमुनाको नक्कल नगर्न चेतावनी दिनुभयो:
तर येशूले तिनीहरूलाई आफूकहाँ बोलाएर भन्नुभयो, “तिमीहरूलाई थाहा नै छ, कि अन्यजातिका शासकहरूले तिनीहरूमाथि निरङ्कुश शासन गर्दछन्, र ठूलाठालुहरूले तिनीहरूमाथि अधिकार जमाउँछन्। तिमीहरूका बीचमा यस्तो हुनेछैन, तर जो तिमीहरूमा ठूलो हुने इच्छा गर्दछ, त्यो तिमीहरूको सेवक हुनुपर्छ।
— मत्ती २०:२५-२६
यो अस्वस्थ अख्तियारको औषधि हो: सेवक-हृदयी नेतृत्व, पारस्परिक समर्पण, साझा जिम्मेवारी, र समग्रको भलाइको लागि सामूहिक प्रतिबद्धता द्वारा चिन्हित।
येशूका शब्दहरूले हामीलाई त्यस्ता प्रणालीहरूको प्रतिरोध गर्न आह्वान गर्दछ जहाँ अख्तियार केन्द्रीकृत र नियन्त्रणात्मक हुन्छ। जब पैसा वा प्रतिष्ठा प्रभुत्वको लागि उपकरण बन्छ, चर्च कर्पोरेट वा निगमित मानसिकतामा बग्न सक्छ, जहाँ नेतृत्वले आत्मिक निर्माण र मिशन भन्दा नियन्त्रणलाई प्राथमिकता दिन्छ।
जब पैसा, प्रभाव र अख्तियार प्रमुख चिन्ताको विषय रहँदैन, चर्च ख्रीष्टको प्रेम र उद्देश्यको स्पष्ट प्रतिबिम्ब बन्छ - जसरी यो सधैं हुनुपर्छ।
के हामी कहिल्यै व्याकुलता र अख्तियारबाट मुक्त चर्च बन्नेछौं?
सायद पूर्ण रूपमा होइन - तर के हामी सँगै त्यो दिशामा अघि बढ्न सुरु गर्न सक्छौं? पक्कै पनि।
(भाग २/२)