येशूले यो गर्नुभयो।
"भीड़लाई देखेर उहाँ [येशू] डाँड़ामा उक्लनुभयो, र उहाँ बस्नुभएपछि चेलाहरू उहाँकहाँ आए। उहाँले मुख खोल्नुभयो र तिनीहरूलाई शिक्षा दिन लाग्नुभयो:" - मत्ती ५:१-२
"आफ्ना बाह्रै चेलाहरूलाई आदेश दिइसक्नुभएपछि येशू त्यहाँबाट तिनीहरूका सहरहरूमा सिकाउन र सुसमाचार प्रचार गर्नलाई जानुभयो।" - मत्ती ११:१
"एक दिन मन्दिरमा उहाँले मानिसहरूलाई शिक्षा दिइरहनुभएको थियो, र तिनीहरूलाई *सुसमाचार प्रचार गरिरहनुभएको थियो। धर्म-गुरुहरूका साथमा मुख्य पूजाहारीहरू र शास्त्रीहरू उहाँकहाँ आए," - लूका २०:१
येशूले यो आज्ञा दिनुभयो।
"यसकारण जाओ, र सबै देशका जातिहरूलाई चेला बनाओ, पिता र पुत्र र पवित्र आत्माको नाउँमा तिनीहरूलाई बप्तिस्मा देओ, मैले तिमीहरूलाई आज्ञा गरेका सबै कुरा पालन गर्न तिनीहरूलाई सिकाओ।...” - मत्ती २८:१९-२०
"अनि उहाँले [येशू] तिनीहरूलाई भन्नुभयो, “सारा संसारमा गएर सारा सृष्टिलाई सुसमाचार प्रचार गर।" - मर्कूस १६:१५
"त्यहाँ भएका रोगीहरूलाई निको पार, र तिनीहरूलाई भन, ‘परमेश्वरको राज्य तिमीहरूका नजिक आइपुगेको छ।" - लूका १०:९ (लूका १०:१ मा येशूले आफूभन्दा अगाडि बहत्तर जनालाई दुई-दुई जना गरी पठाउनुभयो।)
प्रेरितहरूले यो गरे।
"अनि हरेक दिन तिनीहरूले मन्दिरमा र घर-घरमा गएर येशू नै ख्रीष्ट हुनुहुन्छ भनी सिकाउन र प्रचार गर्न छोड़ेनन्।" - प्रेरित ५:४२
अब, हामी ख्रीष्टका चेलाहरू भएको नाताले गर्छौं।
"वचन प्रचार गर, समय र बेसमयमा तत्पर बस, अर्ती देऊ, हप्काऊ, उत्साह देऊ र धैर्यमा र शिक्षा दिने कुरामा नचुक।" - २ तिमोथी ४:२
...किनकि
"सम्पूर्ण पवित्र-शास्त्र परमेश्वरको प्रेरणाबाट भएको हो, र यो सिकाउनलाई, अर्ती दिनलाई, सच्याउनलाई, धार्मिकतामा तालीम दिनलाई लाभदायक हुन्छ, ताकि परमेश्वरको जन हरेक सुकर्ममा पूर्ण रूपले सुसज्जित भई सिद्ध भएको होस्।" - २ तिमोथी ३:१६-१७
διδάσκω (डिडास्को) = शिक्षा दिनु
अरूलाई कुराकानीको मध्यमद्वारा सिकाउनु वा शिक्षा दिनु
एउटालाई सिकाउनु: शिक्षा दिनु, सिद्धान्त अन्तर्ग्रहण गर्नु, सिकाउनु पर्ने कुरा वा निर्देशन गर्नु, एउटा कुराको व्याख्या गर्नु वा विस्तार गर्नु, एउटा कुरा सिकाउनु
κηρύσσω (किरुस्सो) = प्रचार गर्नु
प्रकाशित गर्नु, घोषणा गर्नु, खुला रुप्ले भएको घटना वा कुराको घोषणा गर्नु
राम्रो समाचार वा खुसीको खबर वा सुसमाचार घोषणा गर्नु, ख्रीष्ट येशूको सुसमाचार सार्वजनिक रुपले घोषणा गर्नु -- बप्तिस्मा दिने यूहन्नाले, येशूले, र प्रेरितहरू र अन्य शिक्षकहरूले गरे जस्तै
εὐαγγελιζομένου (उआङ्गेलुओमाइ) = सुसमाचार घोषणा गर्नु (येशू ख्रीष्टको सुसमाचार)
λέγω (लेगो) = अगाडि "राख्नु" (सामान्यतया व्यवस्थित छलफल वा कुराकानी गर्दा)
भन्नु, बोल्नु
पुष्टि गर्नु, कायम गर्नु; सिकाउनु, सल्लाह दिनु, आदेश दिनु
Amen
Amen