परमेश्वोरको लागि केहि पनि कठिन छैन।
उहाँ सार्वभौमिक हुनुहुन्छ, सबैभन्दा माथि। उहाँले सबै कुरा माथि राज्य गर्नुहुन्छ।
परमेश्वोर घोषणा गर्नुहुन्छ, "आदिदेखि अन्तसम्मको, र प्राचीन समयदेखि हुन आउनेसम्मको जानकारी म दिन्छु। म भन्छु: मेरो अभिप्राय ठहर्नेछ, र मैले चाहेको सबै पूरा गर्नेछु।" (यशैया ४६:१०)
सर्वोच्च प्राणीभन्दा असीमित रूपमा माथि भएकोले, परमेश्वोर सर्वोच्च हुनुहुन्छ, स्वर्ग र पृथ्वीको स्वामी हुनुहुन्छ। कसैको अधीनमा उहाँ हुनुहुन्न, कसैबाट प्रभावित हुनुहुन्न, पूर्ण रूपमा स्वतन्त्र; परमेश्वरले आफूले चाहेअनुसार गर्नुहुन्छ, सधैं उहाँको इच्छाअनुसार मात्र उहाँले गर्नुहुन्छ। कसैले उहाँलाई रोक्न सक्दैन; उहाँ सर्वशक्तिमान परमेश्वर हुनुहुन्छ।
परमेश्वोरले सबै कुराहरूलाई निर्देशन गर्नुहुन्छ र चलाउनुहुन्छ उहाँको इच्छाअनुसार। उहाँ सबै माथि नियन्त्रण गर्नुहुन्छ -- समय, परिस्थिति, कठिनाइ, जांच र परिक्षाहरू।
(प्रस्थान ३:१४ ; यर्मिया ३२:१७, १८, २६, २७; मत्ती २०:१५; एफिसी १:५, ११)