बाइबल अध्ययन: व्यक्तिगत शान्त समय
(Read, Reflect, Respond)
पढ्नुहोस्। (READ)
प्र. यो बाइबलको खण्डले के सिकाउँछ?
(गुणहरू, विशेषताहरू, वर्णहरू, सत्यहरू, कार्यहरू (गर्ने र नगर्ने), आशिष, श्राप, चेतावनी, आदेशहरू)
परमेश्वर बारे:
१ परमप्रभु गोठाला हुनुहुन्छ, उहाँमा अभाव हुँदैन।
२ उहाँले हरियो खर्कमा लेटाउनुहुन्छ, र शान्त पानीको छेउमा डोर्याउनुहुन्छ।
३ उहाँले पुनर्जीवित पार्नुहुन्छ। उहाँले आफ्नो नाउँको खातिर धार्मिकताको मार्गमा डोर्याउनुहुन्छ।
४ परमप्रभु साथमा हुनुहुन्छ। उहाँको लट्ठी र लहुरोले सान्त्वना दिन्छन्।
५ परमप्रभुले भोज तयार पार्नुहुन्छ। उहाँले अभिषेक गर्नुहुन्छ, पोखिने गरि भर्नुहुन्छ।
६ परमप्रभुको भलाइ र करुणा जीवनभरि हुन्छ, र उहाँको घरमा सदासर्वदै वास छ।
मानिस बारे:
१ मानिस गोठाला होइन, मानिसलाई अभाव हुँन्छ।
२ मानिसलाई हरियो खर्क, र शान्त पानीको छेउ चाहिन्छ।
३ मानिसको प्राण हुन्छ। मानिसलाई धार्मिकताको मार्गमा हिँडाउनुपर्छ।
४ मानिसलाई खतरा छ। मानिसलाई परमप्रभुको लट्ठी र लहुरोले सान्त्वना दिन्छ।
५ मानिसको शत्रुहरू हुन्छन्। मानिसको मेरो शिर तेलले अभिषेक गरिन्छ।
६ मानिसको जीवनमा परमप्रभुको भलाइ र करुणा हुन्छ, र परमप्रभुको घरमा मानिसको सदासर्वदै वास गर्न्सक्छ।
प्रतिबिम्बित गर्नुहोस्। (REFLECT)
प्र. मैले के सिकें?
(गुणहरू, विशेषताहरू, वर्णहरू, सत्यहरू, कार्यहरू (गर्ने र नगर्ने), आशिष, श्राप, चेतावनी, आदेशहरू)
परमेश्वर बारे:
परमप्रभु गोठाला हुनुहुन्छ, उहाँमा अभाव हुँदैन। उहाँले भेडाहरुको हेरचाह गर्नुहुन्छ।
उहाँले हरियो खर्कमा लेटाउनुहुन्छ, र शान्त पानीको छेउमा डोर्याउनुहुन्छ।
उहाँले पुनर्जीवित पार्नुहुन्छ। उहाँले आफ्नो नाउँको खातिर धार्मिकताको मार्गमा डोर्याउनुहुन्छ। बाटो देखाउने उहाँ हुनुहुन्छ।
परमप्रभु साथमा हुनुहुन्छ। उहाँले त्याग्नु हुन्न। उहाँको लट्ठी र लहुरोले सान्त्वना दिन्छ।
परमप्रभुले भोज तयार पार्नुहुन्छ। उहाँले प्रसस्त मात्रामा दिनुहुन्छ। उहाँले अभिषेक गर्नुहुन्छ, पोखिने गरि भर्नुहुन्छ।
परमप्रभुको भलाइ र करुणा जीवनभरि हुन्छ, र उहाँको घरमा सदासर्वदै वास गर्न दिनुहुन्छ।
मानिस बारे:
मानिस गोठाला होइन, मानिसलाई अभाव हुँन्छ।
मानिसलाई गोठालो चाहिन्छ, मानिसलाई डोर्याउनुपर्छ।
मानिस आफैले हरियो खर्क र शान्त पानीको छेउ खोज्न सक्दैन।
मानिसको प्राण हुन्छ। मानिसलाई धार्मिकताको मार्गमा हिँडाउनुपर्छ।
मानिसलाई खतरा छ। मानिसलाई खतराबाट परमप्रभुले जोगाउनुहुन्छ। मानिसलाई परमप्रभुको लट्ठी र लहुरोले सान्त्वना दिन्छ।
मानिसको शत्रुहरू हुन्छन्। मानिसको शिर परमप्रभुले तेलले अभिषेक गर्नुहुन्छ।
मानिसको जीवनमा परमप्रभुको भलाइ र करुणा हुन्छ, र परमप्रभुको घरमा मानिसले सदासर्वदै वास गर्न्सक्छ।
प्रतिक्रिया गर्नुहोस्। (RESPOND)
प्र. अब म के गरुँ?
(तपाईंले प्राप्त गर्नुभएको सन्देशलाई कसरी प्रतिक्रिया दिनुहुनेछ? पाठलाई आफ्नो जीवनमा लागु गर्न के-के कदम चाल्नुहुनेछ? अब म के गरुँ?)
मैले सिकें कि परमप्रभु मेरो गोठालो हुनुहुन्छ र मैले उहाँलाई पछ्याउनु पर्छ।
त्यसैले मैले उहाँको आवाज सुन्नुपर्छ, उहाँलाई हेर्नु पर्छ र उहाँले जस्तै गर्नु पर्छ।