बाइबल अध्ययन: व्यक्तिगत शान्त समय
(Read, Reflect, Respond)
पढ्नुहोस्। (READ)
प्र. यो बाइबलको खण्डले के सिकाउँछ? (गुणहरू, विशेषताहरू, वर्णहरू, सत्यहरू, कार्यहरू (गर्ने र नगर्ने), आशिष, श्राप, चेतावनी, आदेशहरू)
परमेश्वर बारे:
२ परमप्रभुको व्यवस्था छ,
६ परमप्रभुले धर्मीहरूको मार्गको रक्षा गर्नुहुन्छ
मानिस बारे:
मानिस दुई प्रकारका हुन्छन् -- धन्य र दुष्ट
धन्य मानिस --
१ दुष्टहरूको सल्लाहमा हिँड्दैन,
पापीहरूको मार्गमा खड़ा हुँदैन, गिल्ला गर्नेहरूको सङ्गतमा बस्दैन,
२ परमप्रभुको व्यवस्थामा खुशी रहन्छ, दिनरात परमप्रभुको व्यवस्थामा मनन गर्छ,
३ खोलाको किनारमा रोपेको बोटजस्तै हुन्छ, आफ्नो ऋतुमा फल दिन्छ, जसको पात कहिल्यै ओइलाउँदैन, जे पनि गर्छ त्यसमा सफल हुन्छ,
६ धर्मीहरूको मार्गको रक्षा परमप्रभुले गर्नुहुन्छ
दुष्ट मानिस --
१ दुष्टहरूको सल्लाहमा हिँड्दछन्,
पापीहरूको मार्गमा खड़ा हुँदछन्, गिल्ला गर्नेहरूको सङ्गतमा बस्दछन्,
२ परमप्रभुको व्यवस्थामा खुशी रहदैनन्, दिनरात परमप्रभुको व्यवस्थामा मनन गर्दैनन्,
३ खोलाको किनारमा रोपेको बोटजस्तै हुदैनन्, आफ्नो ऋतुमा फल दिदैनन्, जसको पात ओइलाउँछ, जे पनि गर्छ त्यसमा सफल हुदैनन्,
४ बतासले उड़ाएर लैजाने भुसजस्तै हुन्छन्,
५ न्यायको दिनमा टिक्नेछैनन्, धर्मीहरूको सभामा स्थान पाउनेछैनन्,
६ दुष्टहरूको मार्ग नष्ट हुनेछ
प्रतिबिम्बित गर्नुहोस्। (REFLECT)
प्र. मैले के सिकें?
(गुणहरू, विशेषताहरू, वर्णहरू, सत्यहरू, कार्यहरू (गर्ने र नगर्ने), आशिष, श्राप, चेतावनी, आदेशहरू)
परमेश्वर बारे:
परमप्रभुको व्यवस्था हुन्छ,
परमप्रभुले व्यवस्था दिनुभएको छ,
परमप्रभुले धर्मीहरूको मार्गको रक्षा गर्नुहुन्छ
मानिस बारे:
मानिस दुई प्रकारका हुन्छन् -- धन्य र दुष्ट।
मानिससँग विकल्प छ।
मानिसले कि त ईश्वरको वचन रोज्न सक्छ वा दुष्ट मानिसहरूसँगको संगत रोज्न सक्छ।
परमेश्वरको वचनमा समय बिताउने कि नबिताउने, त्यो मानिसमा भर पर्छ।
मानिससँग ईश्वरको वचनमा मनन गर्ने वा नगर्ने विकल्प छ।
मानिसले या त दुष्टको सल्लाहमा हिंड्न, गिल्ला गर्नेहरूको बाटोमा उभिन, गिल्ला गर्नेहरूको सिटमा बस्न सक्छ वा परमेश्वरको व्यवस्थामा रमाउने छनौट गर्न सक्छ।
त्यो मानिस धर्मी हो जसले परमेश्वरको व्यवस्थामा मनन गर्छ, समय बिताउछ।
यदि मानिसले परमेश्वरको व्यवस्था छनौट गर्यो भने परमेश्वरले उनिहरूको मार्गको रक्षा गर्नुहुन्छ।
प्रतिक्रिया गर्नुहोस्। (RESPOND)
प्र. अब म के गरुँ?
(तपाईंले प्राप्त गर्नुभएको सन्देशलाई कसरी प्रतिक्रिया दिनुहुनेछ? पाठलाई आफ्नो जीवनमा लागु गर्न के-के कदम चाल्नुहुनेछ? अब म के गरुँ?)
मैले सिकें कि परमेश्वरको व्यवस्थामा मनन गर्ने, समय बिताउने मानिस धर्मी हो जसको मार्गको रक्षा परमप्रभुले गर्नुहुन्छ।
त्यसैले म परमेश्वरको व्यवस्थामा मनन गर्नेछु, समय बिताउनेछु।