लूका १४:२५-२७
"२५ मानिसहरूको ठूलो भीड उहाँको साथ जाँदैथियो, र उहाँले फर्केर तिनीहरूलाई भन्नुभयो, २६ “यदि कोही मकहाँ आउँछ, र आफ्ना बुबा, आमा, पत्नी, छोरा-छोरीहरू र दाजुभाइ, दिदी-बहिनीहरूलाई र आफ्नै प्राणलाई समेत तुच्छ ठान्दैन भने, त्यो मेरो चेला हुन सक्दैन। २७ जुन व्यक्ति आफ्नो क्रूस बोकेर मेरो पछि लाग्दैन, त्यो मेरो चेला हुन सक्दैन।"
परमेश्वरले आफ्नो पुत्रको बलि दिएर तपाईंको र मेरो पापको मूल्य चुकाउनु भयो।
येशूले हाम्रो सट्टो हाम्रो ठाउँमा क्रुसमा मरेर तपाईंको र मेरो पापको मूल्य चुकाउनु भयो।
येशूको चेला हुन तपाईं कुन मूल्य तिर्न तयार हुनुहुन्छ?
येशूको चेला भएर तपाईं कसरी मूल्य चुकाउदै हुनुहुन्छ?
AMEN