केवल परमेश्वर मात्रै पवित्र हुनुहुन्छ। (प्रकाश १५:४)
बाइबल अनुसार, पवित्र भनेको अलग वा बेग्लै हुनु हो। परमेश्वर सृष्टिबाट, सृष्टिका थोकहरुबाट, सृष्टि भएका कुराहरुबाट अलग, फरक, बेग्लई, भिन्नै हुनुहुन्छ। सृष्टिका कुराहरूले परमेश्वरलाई पूर्ण रूपमा परिभाषित गर्न सक्दैनन्।
"आदिमा परमेश्वर" (उत्पत्ति १:१)। सृष्टि हुनु आघि नै परमेश्वर हुनुहुन्थ्यो। सृष्टि बिना परमेश्वर हुनुहुन्थ्यो र सृष्टि बिना पनि परमेश्वर हुनुहुन्छ। सृष्टिले परमेश्वरको अस्तित्व जनाउदैन। परमेश्वरले सृष्टिको अस्तित्व जनाउनु हुन्छ।
परमेश्वर पवित्र हुनुहुन्छ भनेको उहाँमा कुनै पाप वा दोष छैन (भंजन १८:३०), उहाँमा कुनै अन्घकार छैन (१ यूहन्ना १:५)।
बाइबल अनुसार पवित्र भन्नाले शुद्ध वा सफा वा धोइएको होइन। पवित्र भनेको सिद्ध हुनु हो, र केवल परमेश्वर मात्र सिद्ध हुनुहुन्छ।
(लेवी १९:२; १ शमूएल २:२; भजनसंग्रह ९६:९; यशैया ५७:१५; प्रकाश ४:८-११)