बाइबल प्रचार गर्न किन तयारी गर्ने
प्र१. पवित्र आत्माले नै मलाई तयार गर्नुहुन्छ नी, म खाली पवित्र आत्माको अगुवाइमा हिने हुँदैनर? किन तयारी गर्नुपर्योर?
प्र२. पवित्र आत्मा भए आरु किन चहियोर?
प्र३. के मैले तयारी बिना पवित्र आत्माको अगुवाइमा शिक्षा दिन वा प्रचार गर्न मिल्दैनर? पवित्र आत्माले सिकाइहाल्नुहुन्छनी?
प्र४. पवित्र आत्माको अगुवाइ नै पर्याप्त हुँदैनर?
प्र५. के तयार गरेरको शिक्षा वा प्रवचनमा पवित्र आत्माको अगुवाइ हुन्छर?
प्र६. मानिसले तयार गरे भने पवित्र आत्माले कसरी काम गर्न सक्छर?
येशूले आफ्ना १२ चेलाहरूलाई ३ वर्ष सम्म चेला हुन सिकाउनुभयो, शिक्षा दिनुभयो, र उनिहरुको माझ्मा वचन प्रचार गर्नुभयो।
पावल एक शिक्षित मानिस थिए। पुर्खाका विधिअनुसार (पुरानो नियम) शिक्षा पाएका थिए र गमलिएल (एक प्रख्यात शिक्षक) का विद्यार्थी थिए।
बाइबलले तयार हुने बारेमा यी सिकाउँदछ:
"बाहिरको काम पूरा गर्, र आफ्नो खेतबारी तयार पार्, अनि त्यसपछि आफ्नो घर बना।" हितोपदेश २४:२७
"तर ख्रीष्टलाई प्रभु मानेर तिम्रो हृदयमा उहाँको श्रद्धा गर। तिमीहरूमा भएका आशाको विषयमा कसैले सोधपूछ गरे त्यसको जवाफ दिन सधैँ तत्पर बस, तर त्यो काम नम्रता र श्रद्धासाथ गर।" १ पत्रुस ३:१६
येशूले तयारीको लागि एउटा दृष्टान्त भन्नुभयो:
"तब स्वर्गको राज्य दश कन्याहरूसँग तुलना गर्न सकिन्छ। तिनीहरूले आ-आफ्नो बत्ती लिएर दुलहालाई भेट्न निस्के। तीमध्ये पाँच जना निर्बुद्धि र पाँच जनाचाहिँ बुद्धिमती थिए। किनकि जब निर्बुद्धिहरूले आफ्ना बत्ती लगे, तब तिनीहरूले साथमा तेलचाहिँ लगेनन्। तर बुद्धिमतीहरूले चाहिँ आफ्ना बत्तीसँगसँगै पात्रमा तेल पनि लगे। ५दुलहाले बियाँलो गर्दा ती सबै निद्राले लट्ठ भए र निदाए।..." मत्ती २५:१-४६
"ती दिन नघटाइएका भए कोही मानिस बाँच्न सक्नेथिएन, तर चुनिएकाहरूका निम्ति ती दिन घटाइनेछन्।" मत्ती २४:२२
"तयार हो, तँ र तँसित मिल्नलाई जम्मा भएका सबै सैन्य-दलहरूलाई तयार राख्, र उनीहरूका फौजको जिम्मा लिएर तयार बस्।" इजकिएल ३८:७
१यसकारण आफ्नो मन बाँध, संयमी होओ र येशू ख्रीष्ट प्रकट हुनुहुँदा तिमीहरूकहाँ आउन लागेको अनुग्रहमा तिमीहरूको आशा पूर्ण रूपले राख।" १ पत्रुस १:१३
बाइबलले हामीलाई तयार हुनलाई निरन्तर सिकाउँछ। यदि हामीले तयार गरेका छौं भने, हामी तयार हुन सक्दछौं। पावल भन्छन् -- वचन प्रचार गर, समय र बेसमयमा तत्पर बस (२ तिमोथी ४:२)। पत्रुसले ख्रीष्टमा भएको आशाको लागि जवाफ दिन तयार हुन सिकाउँछन्। येशूले हामीलाई तयार हुन भन्नुहुन्छ किनकि मानिसको पुत्र कहिले फर्कनेछ भनेर हामीलाई थाहा छैन (मत्ती २४:४४) र उहाँ फर्केर आउनुहुँदा उहाँले हामीलाई दिनुभएको काम गरिरहनुभएको पाउनुपर्नेछ (मत्ती २४:४५-४७)।
अन्य उद्धरणहरू:
"तयारी गर्न असफल भयो भने, असफल हुन तपाईं तयारी गर्दै हुनुहुन्छ।" --बेन्जामिन फ्रेंकलिन
"म आज तयार गर्नेछु र कुनै दिन मेरो मौका आउनेछ।" --अब्राहम लिंकन
"मलाई एउटा रूख काट्न छ घण्टा दिनुहोस् र म पहिलो चार घण्टा बञ्चरो तिखार्ने छु।" --अब्राहम लिंकन
"हामीले आफ्नो जीवन त्यसरी जिउनुपर्छ कि मानौ ख्रीष्ट आज दिउँसो नै आउँदैछन्।" --जिमी कार्टर
हो, र निस्सन्देह, हामीलाई पवित्र आत्माको अगुवाइ प्रभुको सबै काम गर्नको लागि चाहिन्छ। पवित्र आत्माको निर्देशनबिना हामीले परमेश्वरलाई खुशी पार्न सक्दैनौं। यद्यपि हामीले हाम्रो अपरिहार्यतालाई, अपर्याप्त तयारीलाई राम्रो प्रमाणित गर्न पवित्र आत्माको नाम प्रयोग गर्न मिल्दैन। हामीले भन्नहुन्न कि -- “म तयार छैन तर पवित्र आत्माले मलाई सहयोग गरिहाल्नुहुन्छ”। हामीले यो बहाना प्रयोग गरी तयारी नगरेको कुरालाई पन्क्षाउन मिल्दैन। सोच्नुहोस्, के तपाइँ तयार नभएको सर्जन (डाकटर) द्वारा अपरेशन गरेको चाहानुहुन्छ?
हाम्रो अपर्याप्तता र तयारीको अभावले केवल यो प्रमाणित गर्दछ कि परमेश्वरले हामी जस्तो अप्रिय, झूटा, ठगा मानिसहरूलाई पनि उहाँको महिमाको लागि प्रयोग गर्नुहुन्छ। त्यसकारण, हाम्रा परमेश्वर अनुग्रही परमेश्वर हुनुहुन्छ भन्ने कुरालाई ध्यानमा राखी, हामीले परमेश्वरको वचनलाई सिकाउन र प्रचार गर्नका लागि बुद्धिमानी मानिसले झैं आफ्नो समयमा तयार हुनुपर्छ। यो कुराले परमेश्वरप्रति हाम्रो प्रेम पनि देखाउँछ। हो हामी त्रुटिपूर्ण छौं, तेइपनि परमेश्वरले हामीलाई उहाँको असल कामको लागि चुन्नुभएको छ। अब हामी लगनशील भै परमेश्वरको कामको लागि प्रभावकारी हुनुपर्दछ।
ज्याक हाइल्सले भने, "तयार व्यक्तिको लागि सँधै तयार स्थान हुन्छ।" जब हामी तयार हुन्छौं, हाम्रो श्रोताहरू तयार हुनेछन्। यसबाहेक, हामी स्वर्गमा हाम्रो स्थानको लागि पनि तयार हुनेछौं।
यदि मैले ड्राइभिंग गर्न सिकेको छैन भने, मसँग सवारी चालक अनुमतिपत्र भएतापनि त्यसले ड्राइभिंग गर्न सहयोग गर्दैन। मैले सिकाउन र प्रचार गर्न नसिके सम्म, म सिकाउन र प्रचार गर्न सक्दिन। र मैले सिकाउने र प्रचार नगरेसम्म म कसरी परमेश्वरको राज्यको काम गरिरहन सक्छु?
म चलचित्र हेर्छु। तर म चलचित्र बनाउन सक्दिन। किन? किनभने मैले चलचित्र बनाउन सिकेको छैन। मैले जतिसुकै प्रार्थना गरेता पनि, उपवास प्रार्थना गरेता पनि म चलचित्र बनाउन सक्दिनँ। यदि मैले चलचित्र बनाउने हो भने मैले सिकेर मात्रै चलचित्र बनाउन सक्छु। र चलचित्र बनाउन मलाई कसैले सिकाउनु पर्छ। मैले आफै चलचित्र बनाउन सिक्न सक्दिन। त्यसैले अथवा कोइ एक शिक्षक वा गुरु चाहिन्छ।
यदि बाइबल प्रचार गर्ने हो, बाइबल सिकाउने हो भने कोइ एक शिक्षक वा गुरु चाहिन्छ। कोइ एक शिक्षक वा गुरु खोज्नुहोस्, सिक्नुहोस् र त्यसपछि सिकाउनुहोस्।
परमेश्वरको वचनको अध्ययनले हामीलाई सिकाउने र प्रचार गर्ने मात्र नभई, परमेश्वर पिता, पिता पुत्र र परमेश्वर पवित्र आत्मासँग सदासर्वदा रहनको लागि तयार गर्दछ।