तपाइँको चर्चको नाम के राख्नु हुन्छ?
What will you name your church?
यदि तपाइँले तपाइँको चर्चको नाम तपाइँको चर्चका मानिसहरूको विश्वासको (विश्वास अनुसारको कामको) आधारमा राख्नुहुनेथियो भने, के नाम राख्नुहुन्थियो?
यहाँ चर्च जाने विश्वासीहरूको व्यवहार अनुसार चर्चको नामहरूको केहि सूची छ।
१ "फुर्सत" चर्च। किनभने विश्वासीहरु फुर्सतमै चर्च आउने हो। व्यस्त भएत आउँदैनन्।
२ "समय" चर्च। किनभने समय भए चर्च जाने होनी त।
३ "मन लागे" वा “इछ्या” चर्च। मन लागे, इछ्या भए चर्च जाने होनी। हुनु पनि हो, चर्च पनि जोर-जबरजस्तीमा जानछ र? चर्च त खुशीसाथ, फ्री, फ्रेश भएर जाने हो। सो इछ्या भए।
४ "दिन मनलागे दिने" चर्च।
आफ्नै इछ्यामा भेटि दिने, आफ्नो पाकेटबाट जति निक्लिनछ तेती दिने।
हुनु पनि हो, जोर-जबरजस्तीले दिएर हुँदैन। बाइबलमै लेखिएको छ -- "दिनेले खुशीसाथ दियोस्"। भएको बेला त दिएकै हो। आस्ति एउटा भाइलाई क्यान्सर भएको थियो। त्यो समय दिएँ। मानिसहरूलाई खाँचो पर्दा म दिन्छु। पछिल्लो पटक, मैले प्रायजसो दिने भन्दा बढी एउटा मिसनरीलाई दिएँ।
तर म चर्चमा हरेक हप्ता भेटि दिँदिन। मलाई यसरि दिनुपर्छ भन्ने आवश्यक लाग्दैन। साथै बाइबलमा साप्ताहिक दिन कहाँ भनिएको छ?
म दिन्छु जब म सक्छु र जब मसँग दिनलाई छ। यदि मसँग छैन भने म कसरी दिन सक्छु?
यसबाहेक, मसँग पास्टरको जस्तो एकनासको तलब पनि छैननी। मेरो आम्दानी हरेक महिना परिवर्तन हुन्छ। कहिलेकाहीँ मैले ऋण लिनुपर्छ, त्यसैले म कसरी निरन्तर दिन सक्छु।
अर्को कुरा, दशांश पुरानो नियममा छ, नयाँ नियममा होइन। त्यसैले हामीले पुरानो नियम को आज्ञाहरुलाई मान्नु पर्दैन।
५ गीत चर्च। चर्च त गीत गाउनु जाने होनी हो। गीत न गए त चर्च नै गको जस्तो लाग्दै न. स्वर्गमा पनि गीतै गाउने हो भन्छन्।
६ आराम चर्च।
७ सहयोग चर्च।
८ निको चर्च।
९ बिहे चर्च।
१० भीजा चर्च, विदेश जाने चर्च, काम चर्च, रोजगारी चर्च …


