बहाना: बाइबलबाट एउटा उदाहरण
Excuse: Biblical Example
लुका १४ मा येशूले बहाना बनाउने मानिसहरू बारेमा सिकाउदै हुनुहुन्छ।
१५ उहाँसँग खान बस्नेहरूमध्ये एक जनाले यी कुरा सुनेर उहाँलाई भन्यो, “त्यो धन्य हो, जसले परमेश्वरको राज्यमा भोज खानेछ!”
१६ तर उहाँले त्यसलाई भन्नुभयो, “कुनै एक जना मानिसले बेलुकीको एउटा विराट् भोज तयार गर्यो, र धेरैलाई निम्तो दियो।
१७ उसले आफ्नो नोकरलाई भोजन खाने बेलामा निम्ताराहरूलाई यसो भन्न पठायो, ‘आउनुहोस्, अब सब थोक तयार छ।’
१८ “तर तिनीहरू सबैले समान रूपले एकनासको बहाना बनाउन लागे। पहिलोले त्यसलाई भन्यो, ‘मैले एउटा खेत किनेको छु, मलाई त्यो हेर्न जानुपरेको छ। म बिन्ती गर्दछु, मलाई माफी होस्।’
१९ “अनि अर्कोले भन्यो, ‘मैले पाँच हल गोरु किनेको छु, म ती हेर्न जान्छु। म बिन्ती गर्दछु, मलाई माफी होस्।’
२० “अर्कोले भन्यो, ‘मैले विवाह गरेको छु। यसकारण म आउन सक्दिनँ।’
२१ “तब नोकरले आएर आफ्नो मालिकलाई यो कुरा भनिदियो। तब घरको मालिकले रिसाएर आफ्नो नोकरलाई भन्यो, ‘सहरका सड़कहरू र गल्लीहरूमा चाँड़ो जा, र गरीबहरू, लुलाहरू, अन्धाहरूलाई, लङ्गड़ाहरूलाई यहाँ भित्र ले।’
२२ “तब नोकरले भन्यो, ‘हजूरले आज्ञा गर्नुभएबमोजिम काम भएको छ, तर अझै ठाउँ खाली छ।’
२३ “मालिकले नोकरलाई भन्यो, ‘मूल सड़कहरू र गल्लीहरू हुँदो गएर मानिसहरूलाई भित्र आउन कर लगा, र मेरो घर भरिओस्।
२४ किनभने म तिमीहरूलाई भन्दछु, निम्ताराहरूमध्ये कसैले पनि मेरो भोजको स्वाद चाख्न पाउनेछैन’।”
तपाईं कतिको बहाना बनाउनु हुन्छ?



AMEN