संगति बारे
संगति भनेको के हो?
"घरेलु संगति"
धेरै जसो क्रिश्चियनहरू घरेलु संगति भन्दा --
भजन किताबबाट केहि कोरस र भजन गाउने,
आशिष बढ्ने, बचन सुन्ने,
बह्यो बहने भेटि दिने,
प्रार्थनाको विषय बादी प्रार्थना गर्ने अनि छ भनेको खाजा खाने, र घर फर्किने --
भनि बुझ्छन्।
"शनिबारको आराधना संगति"
धेरै जसो क्रिश्चियनहरू शनिबारको आराधना संगति भन्दा --
क्वायर संग सुरुमा केहि कोरसहरु गाउने,
तेस पछि संचालकले "सुरुको" प्रार्थना गरेर फेरी केहि भजनहरु गाउने,
तेस पछि भजनसंग्रहबाट एउटा भजन पढ्ने,
अनि क्वायर संग केहि कोरसहरु छिट्टो-छिट्टो गाउने,
तेस पछि ठुलो सोरमा छिट्टो-छिट्टो परमेश्वरको "आराधना" गर्ने,
अनि फेरी क्वायर संग केहि स्लो कोरसहरु (बिस्तारै) गाउने,
सन्त भएपछि संचालकले प्रार्थना गर्ने,
तेस पछि भेटि दिने -- एसको लागि एउटा कोरस वा भजन गाउने,
सुचना सुन्ने र आशिष कसैको छ भने बढ्ने,
सुचना दिनेले प्रार्थना गर्ने,बचनको लागि प्रार्थना गर्ने र बचन सुन्ने,
बचन पछि अन्तिम प्राथना गर्ने,
येशूले सिकाउनुभएको प्राथनाको गीत गाउने (वा गाउनै पर्ने) आशीषको प्राथना गर्ने (वा गर्नै पर्ने),
सबैलाई "जय मसिह" भनेर घर फर्किने --
भनि बुझ्छन्।
तपाइले कसरी बुझ्नुभएको छ?
बाइबलले संगति बारे के सिकाउँछ?
बाइबल अध्ययन नगर्ने बारे
एक जना थियो रे। खुब धनि हुनु मन थियो रे, तर काम चै गर्दैन थियो रे।
के येसरी धनि हुनु सकिन्छ?
एक जना थियो रे। हिमाल आरोहण गर्नु मन थियो रे, तर हिमाल चै नछाड्ने रे। हेलिकप्टरमा जाने रे।
के येसरी हुन्छ?
एक जना थियो रे। स्वर्ग जाने इच्छा थियो रे, तर स्वर्ग जाने बाटोमा चै हिँड्ने गर्थेन रे।
के येसरी स्वर्ग जानसकिन्छ?
एक जना थियो रे। परमेश्वर सँग राम्रो सम्बन्ध गास्ने मन थियो रे, तर बाइबल चै अध्ययन गर्दैन थियो रे।
के येसरी परमेश्वर सँग सम्बन्ध राम्रो हुन्छ?
त्यसो भए किन ख्रीष्टियनहरूले बाइबल अध्ययन गर्दैनन् , परमेश्वरको वचनमा नियमित संगति गर्दैनन् (गीत गाउन चाहिँ मन पर्छ, तर बाइबल अध्ययन गर्दैनन्), वा नियमित रूपमा चर्च जाँदैनन्, नियमित रूपमा चर्चमा भेटि दिदैनन्?
किन यी ख्रीष्टियनहरूले सधैं बहाना बनाउँछन्?
बाइबल अध्ययन बारे
हामी ज्ञान र बुद्धिको लागि प्रार्थना त गर्छौं, तैपनि हामी बाइबल अध्ययन गर्न त परै जाओस, हामी बाइबल पढ्न पनि चाहँदैनौं।
हामी साहसको लागि प्रार्थना त गर्छौं, तर हामी विश्वासमा अगाडि बढ्न चाहँदैनौं।
हामी क्षमाको लागि प्रार्थना त गर्छौं, तैपनि हामीले आफ्नो जीवाई परिवर्तन गर्दैनौं; हामी धोका दिन्छौं, झूट बोल्छौं, आरुलाई ठगछौँ, चोरी गर्छौं र बहाना बनाउँछौं।
किन?
माग्ने बारे
जब येशूले "माग त तिमीहरूलाई दिइनेछ, खोज त तिमीहरूले भेट्टाउनेछौ, ढकढक्याओ त तिमीहरूका निम्ति उघारिनेछ।" भन्नुहुन्छ, उहाँले के सिकाउदै हुनुहुन्छ?
“माग त तिमीहरूलाई दिइनेछ, खोज त तिमीहरूले भेट्टाउनेछौ, ढकढक्याओ त तिमीहरूका निम्ति उघारिनेछ। किनकि जसले माग्छ, त्यसले पाउँछ, जसले खोज्छ, त्यसले भेट्टाउँछ, जसले ढकढक्याउँछ, त्यसको निम्ति ढोका उघारिनेछ।" — मत्ती ७:७-८
मैले धेरैले भनेको सुन्छु — कि हामीले जे पनि माग्न सक्छौं र परमेश्वरले हामीलाई दिनुहुनेछ।
के यो पदले हामीलाई यही कुरा सिकाउँछ?
हामीले के माग्ने हो त?
के येशूले हामीलाई राम्रो जीवनको लागि माग्न सिकाउँदै हुनुहुन्छ?
के हामी एउटा राम्रो जागिर, असल जीवनसाथी, सु-स्वास्थ्य, दुष्टबाट सुरक्षा, विदेश जानलाई भिसा, थप अध्ययनको लागि छात्रवृत्ति, वा चर्चको जग्गा अथवा चर्चको भवनको लागि माग्ने , खोजने, र ढकढक्याओने?
“तिमीहरूमध्ये कुन मानिस होला, जसको छोराले रोटी माग्दा त्यसलाई ढुङ्गा देला? कि माछा माग्दा त्यसलाई साँप देला? यसकारण तिमीहरू दुष्ट भएर आफ्ना छोराछोरीहरूलाई असल चीज दिन जान्दछौ भने, स्वर्गमा हुनुहुने तिमीहरूका पिताले उहाँसित माग्नेहरूलाई कति बढ़ी गरेर असल चीज दिनुहुनेछ। 'मानिसहरूले तिमीहरूसँग जस्तो व्यवहार गरून् भन्ने तिमीहरू चाहन्छौ, तिमीहरूले पनि तिनीहरूसँग त्यस्तै व्यवहार गर, किनभने यही नै व्यवस्था र अगमवक्ताका शिक्षाको सारांश हो।” — मत्ती ७:९-१२
यशूले हामीलाई के को लागि माग्न, खोजन, र ढकढक्याउन भन्दै हुनुहुन्छ?
कुन कुरा तेस्तो रहेछ जसको लागि हामीले माग्ने, खोजने, र ढकढक्याउनु पर्ने?
प्रार्थना गर्ने बारे
जब तपाईं प्रार्थना गर्नुहुन्छ, तपाईं कसरी प्रार्थना गर्नुहुन्छ?
के तपाईं आफ्नो मनमा, मुखमा जे आयो तेही प्रार्थना गर्नुहुन्छ? के तपाईं बिना सोचेर प्रार्थना गर्नुहुन्छ?
के तपाईंले महसुस गरेर प्रार्थना गर्नुहुन्छ? के तपाईंले बुझेर प्रार्थना गर्दै हुनुहुन्छ? के तपाईं आफ्नो मुखबाट निस्कने शब्दहरुको बारेमा सोच्नुहुन्छ? के तपाईले भनेको शब्दहरूमा ध्यान दिनुहुन्छ?
जब तपाईं समूहमा प्रार्थना गर्नुहुन्छ, के तपाईंले अरूले भनेको शब्दहरू याद गर्नुहुन्छ, धयान साथ सुन्नुहुन्छ? के तपाई यस बारे सचेत हुनुहुन्छ? के तपाईंले प्रार्थना गर्ने शब्दहरूप्रति होसियार हुनुहुन्छ? के तपाईंले प्रार्थना गर्ने शब्दहरूको बारेमा जानाजानी गर्नुहुन्छ?
बाइबलले भन्छ कि हृदयमा जे छ त्यो मुखबाट निस्कन्छ (मत्ती १५:१८)। तपाईंको प्रार्थनाले तपाईंको बारेमा के भन्छ?
भेटी र दशांश बारे
एउटा चोर रहेछ, मण्डलीमा भेटी र दशांश ल्याउदोरहेछ।
एउटा ठग रहेछ, मण्डलीमा भेटी र दशांश ल्याउदोरहेछ।
एउटा घुसखोरी रहेछ, मण्डलीमा भेटी र दशांश ल्याउदोरहेछ।
एउटा भ्रष्टाचारी रहेछ, मण्डलीमा भेटी र दशांश ल्याउदोरहेछ।
के एस्तो भेटी परमेश्वरले स्वीकार गर्नुहुन्छ होला त?
“छलद्वारा पाएको भोजन मानिसलाई मीठो लाग्छ, तर त्यसको अन्त्यचाहिँ मुखभरि रोडा हालेसरह हुन्छ।”— हितोपदेश २०:१७
मण्डलीमा भेटी र दशांश बारे मज्जाले सोकायो —
कृतज्ञता देखाउन, आदर देखाउन, र प्रेम देखाउन भेटी र दशांश दिनुहोस् भन्यो
विश्वास र वफादारी देखाउन दिनुहोस् भन्यो
परमेश्वरका कुराहरू परमेश्वरलाई दिनुहोस् भन्यो
यो सुनेर मण्डलीको विश्वासीहरूले पनि "हो" मा "हो" मिलाए।
तर भेटी र दशांश दिने बेला भेटीको झोला त रित्तै छ।
तर भेटी र दशांश दिने बेला त चोरी, ठगी, भ्रष्टाचारी, अनैतिक काम गरेको बाट पो दिन्छन्।
यो किन होला? यो मैले बुझ्न सकिन।
तपाईंले भेटी र दशांश कसरी ल्याउनु हुन्छ?
जब येशूले भेटी र दशांश ल्याउन सिकाउनुभयो, उहाँले "लाउनै पर्छ" भन्नुभएन।
उहाँले मानिसहरूलाई जबरजस्ती लाउनै पर्छ भनेर सिकाउनुभएन।
येशूले भन्नुभयो:
"कैसरका कुराहरू कैसरलाई, र परमेश्वरका कुराहरू परमेश्वरलाई देउ।" — मत्ती २२:२२
चर्च जाने बारे
तपाईं किन चर्च जानुहुन्छ?
तपाईंको चर्च जाने तरिकाले तपाईंको हृदयको बारेमा के बताउँछ?
चर्च जाँदा कस्तो लुगा लगाउनुहुन्छ? चर्चमा तपाईं कस्तो व्यवहार गर्नुहुन्छ?
के तपाईं समयमै चर्च पुग्नुहुन्छ वा अक्सर ढिला गर्नुहुन्छ?
के तपाईंले चर्च जाने बारेमा दुई पटक सोच्नुपर्छ? के तपाईंले चर्च जाने बिहान सधैं संघर्ष गर्नुपर्छ? के सधैं बिहान चर्च जानु अघि कुनै प्रकारको अवरोध आउँछ? तपाईलाई के लाग्छ? किन यस्तो हुन्छ होला?
तपाईं चर्च गएर के पाउने आशा गर्नुहुन्छ?
तपाईं चर्चमा कसलाई भेट्ने आशा गर्नुहुन्छ?
के तपाईं चर्चमा परमेश्वर हुनुहुन्छ भन्ने आशा गर्नुहुन्छ? के तपाईं चर्च परमेश्वरलाई भेट्ने आशा लिएर जानुहुन्छ?
त्यसो भए किन ढिला? किन जस्तो पाए तेस्तै लुगा लगाउनुहुन्छ?
यदि कुनै ठूला व्यक्तित्व चर्चमा आउने योजना भयो भने के तपाइँ ढिला गर्नुहुन्छ? अनि कस्तो लुगा लगाएर जानुहुन्छ र कसरी फरक व्यवहार गर्नुहुन्छ?
अब यो पटक चर्च जाँदा तपाईंले के फरक गर्नुहुन्छ?
ख्रीष्टका चेलाहरूले तिर्नुपर्ने मोल बारे
येशूले सबैलाई बोलाउनुहुन्छ, तर सबै येशूकहाँ आउँदैनन्। फेरि, येशूकहाँ आउनेहरू त थोरैनै हुन्छन् तर ती मध्ये पनि सबै उहाँका चेलाहरू बन्दैनन्। येशूको चेला हुनु सजिलो छैन। वास्तवमा येशूले उहाँलाई पछ्याउन चाहनेहरूलाई, त्यो भीडलाई यही भन्नुभयो।
लूका १४:२५-३३
“२५ मानिसहरूको ठूलो भीड उहाँको साथ जाँदैथियो, र उहाँले फर्केर तिनीहरूलाई भन्नुभयो, २६ “यदि कोही मकहाँ आउँछ, र आफ्ना बुबा, आमा, पत्नी, छोरा-छोरीहरू र दाजुभाइ, दिदी-बहिनीहरूलाई र आफ्नै प्राणलाई समेत तुच्छ ठान्दैन भने, त्यो मेरो चेला हुन सक्दैन। २७ जुन व्यक्ति आफ्नो क्रूस बोकेर मेरो पछि लाग्दैन, त्यो मेरो चेला हुन सक्दैन।
२८ “तिमीहरूमध्ये कसैले एउटा धरहरा बनाउने इच्छा गर्छ भने, त्यो धरहरा बनाई सिद्धयाउने खर्च आफूसित छ कि छैन भनी के त्यसले पहिले नै बसेर हिसाब लाउँदैन र? २९ नत्र भने त्यसले जग बसालेपछि सिद्धयाउन सकेन भने, देख्नेहरू सबैले यसो भनेर त्यसको गिल्ला गर्न लाग्नेछन्, ३० ‘यस मानिसले बनाउन त थाल्यो तर सिद्ध्याउन सकेन।’
३१ “कुन राजा होला जसले अर्को राजासँग लड़ाइँ गर्न जाँदा आफ्नो साथ भएका दश हजारले त्यसको विरुद्ध आउने बीस हजारसँग लड़ाइँ गर्न सक्छु कि सक्दिनँ भनी पहिले बसेर सल्लाह गर्दैन? ३२ तिनले नसक्ने हो भने, त्यो अर्को राजा टाढ़ै हुँदा मिलापको शर्त सोध्न राजदूत पठाउनेछ। ३३ यसकारण तिमीहरूमध्ये जसले आफूसित भएका सबै थोक त्याग्दैन, त्यो मेरो चेला हुन सक्दैन।”
त्यसोभए या त तपाईं येशूको चेला हुन सक्नुहुन्छ वा टाढाको अनुयायी, भीड बन्न सक्नुहुन्छ। छनोट तपाईको हो। तर यदि तपाईंले ख्रीष्टको चेला बन्ने निर्णय गर्नुभयो भने (जुन उत्तम विकल्प हो), तपाईंले मूल्य तिर्नु पर्छ।
तपाईं के मूल्य तिर्न तयार हुनुहुन्छ?
AMEN