के तपाईं येशूको दोस्रो आगमनको लागि तयार हुनुहुन्छ?
यदि येशू आज फर्केर आउनु भयोभने के तपाईं येशूलाई भेट्न तयार हुनुहुन्छ?
येशूले तपाईंलाई कुन अवस्थामा भेट्टाउनुहुनेछ?
हामीहरू मध्ये धेरै येशूको दोस्रो आगमनको लागि तयार छैनौं।
हामीहरू मध्ये धेरैजसोले येशू चाँडै फर्केर आउँदै हुनुहुन्छ भनेर सोचेका पनि छैनौं।
हामी हरेक शनिबार र अरु संगतिमा गीत त गाउछौं — “चाडै आउने छन् येशू राजा,” “आखाँको एक निमेषमा,” तर वास्तविकता यहि हो की ती गीतहरू गाउँदा हामीलाई मनोरञ्जन मात्र हुन्छ।
हामी ती शब्दहरूमा ध्यान दिदैनौं, तर हामीले ध्यान दिनुपर्छ - यस गीतको अर्थ के हो, यस गीतले कुन कुरालाई संकेत गर्दैछ?
प्रायः हामी "ख्रीष्टियनहरू" एउटा न्यानो, मनतातो, आराम्दाई जीवन बाँचिरहेका छौं (प्रकाश ३:१६-१८)।
हाम्रो जीवन एउटा बाँझो भूमि जस्तै भएको छ। यसमा कुनै खनिज (minerals) पदार्थ छैन। हाम्रो जीवन कुनै खनिज बिनाको पानी जस्तै भएको छ। यो केवल H2O मात्रै भएको छ; येस्मा कुनै लाभदायक पदार्थ छैन। (water without any minerals)
यदि तपाईं आज मर्नुभयो र येशूको आघि जानुभयो भने, तपाईंले येशूलाई के देखाउनु हुन्छ?
दाऊद राजाले भने — "पैसा नपरेको चीज लिएर परमप्रभु मेरा परमेश्वरलाई म बलिदान चढ़ाउनेछैनँ।” -- २ शमूएल २४:२४; १ इतिहास २१:२४
हामी चर्चमा एउटा गीत गाउँछौं:
के म जाऊँ रित्तै हात लिई, यसै भेटूँ प्रभुलाई ?
के म एकै दिनको कामलाई दिन नसकूँ उनलाई ?के म जाउँ रित्तै हात लिई, यसै भेटूँ प्रभुलाई
किन येशूकहाँ नल्याऊँ एउटै पनि साथीलाई ?डरै छैन मृत्युदेखि ख्रीष्ट बचाउने छन् मलाई
तर उनकहाँ रित्तै जाँदा रुनेछ मेरो हृदय ।
तपाईं येशूलाई के दिनुहुन्छ?
पावलले १ कोरिन्थी ३ मा भन्नुहुन्छ की प्रत्येक मानिसको काम प्रकट हुनेछ र त्यो आगोद्वारा जाँचिने छ।
अब यदि कुनै मानिसले यस जगमाथि सुन, चाँदी, बहुमूल्य पत्थर, काठ, घाँस वा पराल प्रयोग गरेर घर बनायो भने, प्रत्येक मानिसको काम प्रकट हुनेछ, किनकि न्यायको दिनले त्यो खुलस्त गरिदिनेछ। त्यो आगोद्वारा प्रकट हुनेछ, र हरेकले कस्तो काम गरेको छ, सो आगोले जाँच गर्नेछ। यदि कुनै मानिसले त्यस जगमाथि बनाएको काम रहिरह्यो भने उसले इनाम पाउनेछ। यदि कुनै मानिसको काम जलेर नष्ट भयो भने त्यसले नोक्सानी भोग्नुपर्नेछ, तर त्यो आफैचाहिँ आगोबाट उम्केझैँ बाँच्नेछ। — १ कोरिन्थी ३:१२-१५
के तपाईंले बनाउनुभएको काम जलेर नष्ट हुन्छ वा त्यो जोगिनेछ र अनन्तको लागि स्थिर रहनेछ?
वा के तपाईं त्यो मानिस हुनुहुन्छ जसको काम जलेर नष्ट हुन्छ र त्यसले नोक्सानी भोग्छ, तर त्यो आफैचाहिँ आगोबाट उम्केझैँ हुनेछ?
वा के तपाईं ती थोरै मानिसहरू मध्ये एक हुनुहुनेछ जसलाई येशूले भन्नुहुनेछ, "स्याबास, असल र विश्वासी नोकर अब आउ… आफ्ना मालिकको खुसीमा (आनन्मा) सहभागी होउ?" (मत्ती २५:२३)
एउटा अंग्रेजी गीत छ, "केवल एक जीवन, 'चाँडै नै बितेको छ, ख्रीष्टको लागि जे गरेको छ त्यो मात्र रहिरहनेछ।" ("Only one life, 'twill soon be past, Only what's done for Christ will last.")
सबै कुरा भनिसकेपछि र गरिसकेपछि, के तपाईंले ख्रीष्टको लागि गर्नुभएको काम रहिरहन्छ?
के तपाईंले अनन्तको लागि महत्त्व हुने जीवन बिताउनुभएको छ? (Have you lived a life that matters for eternity?)
तपाईंको जीवन महत्त्वपूर्ण हुनको लागि तपाईसँग उच्च शिक्षा हुनु आवश्यक छैन।
तपाईं राम्रो विद्यालयबाट स्नातक भएको वा बाइबल कलेज गएको हुनपर्दैन।
तपाईं बुद्घिमानी हुनु पर्दैन, राम्रो देखिनु पर्दैन, वा राम्रो परिवारबाट हुन आवश्यक छैन।
तपाईं चर्चको लिडर, एल्डर वा पास्टर हुनुपर्दैन।
तपाईलाई चाहिने यो मात्र हो - विश्वास, येशूमा भरोसा र उहाँको लागि आफ्नो जीवन अर्पण गर्ने इच्छा।
तब मात्र तपाईले महत्त्वपूर्ण कुरा गर्न सक्नुहुन्छ।
तर धेरैजसो हामी आफ्नो लागि मात्र काम गर्न व्यस्त हन्छौं। हामीलाई हाम्रो आफ्नै मात्रै चिन्ता हुन्छ।
धेरैमा हामीलाई हाम्रो परिवार, हाम्रा छोराछोरीको बारेमा चिन्ता हुन्छ, तर परमेश्वोरको बारे होइन।
हामी केवल सुरक्षित हुन चाहन्छौं, र हामी मध्ये धेरै जसो त्यो सुरक्षाको लागि परमेश्वरमा जान्छौं।
येशूले भन्नुभयो — “म सेवा गर्न आएको हुँ, सेवा पाउन होइन।” (मत्ती २०:२८)
जब तपाईं संसारमा हेर्नुहुन्छ, तपाईंले मानिसहरूलाई महत्त्वपूर्ण कामहरू गरिरहेको देख्नुहुन्छ।
पेनिसिलिन, आरु औषधीको खोज, बिजुली, कम्प्युटर, आइफोनको आविष्कार -- यी सबै महत्त्वपूर्ण कामहरू हुन।
नेपला देशमै हेर्ने हो भने -- माइती नेपाल संस्थाको अनुराधा कोइराला, र कुलमान घिसिङ र वालेन्द्र साह जस्ता व्यक्तिहरुले महत्त्वपूर्ण कामहरू गरेका छन्। नेपाली क्रिश्चियन जगतमा हेर्ने हो भने पास्टर रोबर्ट कार्थक, पास्टर डेभिड मुखिया, युनाइटेड मिसन टु नेपाल, र येस्तै आरु व्यक्ति, मिसनरी, र संस्थाहरुले महत्त्वपूर्ण कामहरू गरेका छन्।
तपाईंले के महत्त्वपूर्ण काम गर्नुभएको छ?
आफ्नो जीवन खेर नफालनुहोस्।
तपाईंको जीवनको लागि परमेश्वरको उद्देश्य जन्नुहोस् र त्यो गर्नुहोस्।
याकूब १:५-८ “तर यदि तिमीहरूमध्ये कसैलाई बुद्धिको अभाव छ भने उदार-चित्तसँग नझर्की दिनुहुने परमेश्वरलाई त्यसले मागोस्, र त्यसलाई त्यो दिइनेछ। तर त्यसले कत्ति पनि शङ्का नगरी विश्वाससाथ मागोस्। शङ्का गर्नेचाहिँ बतासले उचाल्दै पछार्दैगर्ने समुद्रका छालसमान हुनेछ। त्यस्तो मानिसले यो नसम्झोस्, की उसले प्रभुबाट केही पाउनेछ। किनकि दोहोरो मन भएको मानिस उसका सबै चालचलनमा अस्थिर हुन्छ।”
AMEN 🙌🙏