यो नमूना हेर्नुहोस्, सिक्नुहोस् र वचन प्रचार र सिकाउन तयारीको (preaching and teaching) लागि नमुना लागू गर्नुहोस्।
होमिलेटिक्स नमूना
(वचन तयार र प्रचार गर्ने कला)
पाँच चरणहरुः
वचनको खण्डः यूहन्ना १:१-४
१. विषय सुची – १०-२० शिर्षक र घटनाको विवरणहरु (छोटकरीमा)
१. १:१क आदिमा वचन हुनुहुन्थ्यो,
२. १:१ख वचन परमेश्वरसँग हुनुहुन्थ्यो,
३. १:१ग वचन = परमेश्वर
४. १:२ वचन आदिमा परमेश्वरसँग हुनुहुन्थ्यो।
५. १:३क सबै थोक वचनद्वरा बनिए,
६. १:३ख कुनै थोक वचन विना बनिएन
७. १:४क वचनमा जीवन थियो,
८. १:४ख जीवन = मानिसहरूको ज्योति
२. विभाग– २-४ संक्षिप्त वाक्यहरु
१. १:१क-२ आदिमा वचन हुनुहुन्थ्यो जो परमेश्वर हुनुहुन्थ्यो
२. १:३क-३ख वचनद्वरा सबै बनिए
३. १:४क-४ख वचन जीवन र मानिसहरूको ज्योति हुनुहुन्थ्यो
३. विषय वाक्य– १०-१५ शब्दहरुको खण्डको सारांश (पूर्ण वाक्य)
आदिमा वचनले, जो परमेश्वर हुनुहुन्थ्यो, सबै थोक बनाउनुभयो र वचननै जीवन र मानिसहरुको ज्योति हुनुहुन्थ्यो।
४. उद्देश्य– एउटा मुख्य सत्य वा सिद्धान्त
सुन्नेहरुलाई उत्सह दिने / सिकाउने कि -- वचन-परमेश्वरले सबै थोक बनाउनुभयो र उहाँनै मानिसहरुको जीवन र ज्योति हुनुहुन्थ्यो, त्यसैले -- सृष्टिकर्ता परमेश्वरलाई पुज्नुहोस्।
५. उपयोगीता– २-४ परिवर्तन हुन उत्प्रेरित गर्ने प्रश्नहरु (हो/होइन प्रश्नहरू बाहेक)
प्र१. (१:१क-२) वचन-परमेश्वर सुरूमा हुनुहुन्थ्यो भनेर थाँहा पाउँदा सृष्टिको बारेमा तपाईंको दृष्टिकोण कसरी परिवर्तन हुन्छ?
प्र२. (१:३क-३ख) आज तपाईंले कुन शब्दहरू बनाउन वा नष्ट गर्न बोल्नुभयो?
प्र३. (१:४क-४ख) वचन-परमेश्वर (येशू) मानिसहरूको जीवन र ज्योति हुनुहुन्छ भन्ने सत्य कोसँग बाड्नुहुन्छ?