पावलले तिमोथीलाई ओनेसिफरस जस्तै विश्वासी हुन आग्रह गर्छन् (२ तिमोथी १:१५-१८)
Paul urges Timothy to be faithful, just as Onesiphorus was (2 Timothy 1:15-18 )
२ तिमोथी १:१५ पावललाई त्यागिएको
पावलले तिमोथीलाई लेख्न जारी राख्छन्:
“तिमीलाई थाहा छ कि एसियामा हुनेहरू सबैले मलाई त्यागे।”
के यो स्तब्ध पार्ने (झटका दिने) भनाइ होइन र?
पावल, प्रेरित, चर्च स्थापनाकर्ता, आत्मिक पिता, भन्छन् कि सबै उहाँबाट तर्किए।
यहाँ केही अतिरञ्जना हुन सक्छ, तर सत्य यही हो: बहुमतले पावललाई त्यागे। जब विश्वासयोग्यता खतरनाक र वफादारी महँगो भयो, धेरैजसोले दूरी रोजे। सायद त्यो क्षणमा, पावलले येशूलाई कस्तो महसुस भयो भन्ने कुरा बुझेहोलान्। येशू जब क्रूसमा मर्न जाँदै थिए, उहाँलाई मित्रहरूले त्यागे र क्रूसको बाटोमा एक्लै छोडिदिए।
के तपाईंलाई कहिल्यै त्यागिएको छ, पछाडि छोडिएको छ, बिर्सिएको छ, वा बेवास्ता गरिएको छ?
अथवा म यसलाई उल्टो सोध्छु: के तपाईंले कहिल्यै अरू कसैलाई त्याग्नुभएको छ, जब उनीहरूको समस्याले तपाईंको आरामलाई खतरामा पार्यो तब के तपाईं चुपचाप पछि हट्नुभयो?
पावललाई यो पीडा राम्ररी थाहा छ। तर पनि, उल्लेखनीय कुरा के छ भने, उनले यस खण्डमा कुनै आत्म-दया देखाउँदैनन्।
किन यति धेरै मानिसहरू उहाँबाट टाढा भए?
सम्भवतः पावल पक्राउ परेपछि, जब उनीसँगको संगत खतरनाक भयो मानिसहरू उहाँबाट टाढा भए। कतिपयले त प्रश्न पनि गर्न थालेका हुन सक्छन्: के उनी साँच्चै परमेश्वरका चुनिएका प्रेरित थिए? यदि परमेश्वर उनीसँग हुनुहुन्थ्यो भने, उनलाई किन कैद गरियो? डरले हाम्रो विश्वासलाई परिवर्तन गर्नसक्छ। र त्यसैले, हामीले परिस्थिति वा संसारको होइन, प्रभुको डर र भय मान्नुपर्छ।
चेतावनी
त्यसपछि पावलले विशेष गरी दुई जना पुरुषहरूको नाम लिन्छन्, फुगेलस र हर्मोगेनस। तिनीहरूको नाम किन? किनकि तिमोथीले तिनीहरूलाई राम्ररी चिनेको हुनुपर्छ। सायद तिनीहरू सम्मानित लिडरहरू थिए होलान्। तिनीहरूको नामले चेतावनीको काम गर्छ। पावलले तिनीहरूलाई लज्जित पार्न खोजिरहेका छैनन्, तर तिमोथीलाई बचाउन खोजिरहेका छन्: पावल भन्दैछन्, “तिनीहरूको उदाहरण नपछ्याऊ।” पावल चाहन्छन् कि तिमोथीले उनलाई पछ्याऊन् (१ कोरिन्थी ११:१) र उनीसँगै दुःख-भोगमा सहभागी होऊन् (२ तिमोथी १:८)।
लिडर हुँदैमा विश्वासयोग्य हुन्छ भन्ने ग्यारेन्टी गर्दैन। लोकप्रियता भनेको लगनशीलता बराबर हुँदैन।
Leadership does not guarantee faithfulness. Popularity does not equal perseverance.
पावलले यहाँ के उजागर गर्छन् त्यो केवल त्याग मात्र होइन, तर अविश्वसनीयता हो।
चार्ली मुंगर, संसारकै धनी व्यक्ति मध्ये एक, ले एउटा सूची लेखेका थिए जसको नाम थियो “ग्यारेन्टी गरिएको दुःखको लागि नियमहरू” (Rules for Guaranteed Misery)। उनको पहिलो नियम सरल थियो: अविश्वसनीय बन। यदि तपाईं आफ्नो जीवन, आफ्नो सम्बन्ध र आफ्नो नामलाई क्षति पुर्याउन चाहनुहुन्छ भने, अरूले भरोसा गर्न नसक्ने व्यक्ति बन्नुहोस्।
यहाँ पनि त्यस्तै भयो। सबैभन्दा महत्त्वपूर्ण समयमा धेरै जना अविश्वसनीय साबित भए। अनि तिमोथी पनि डरको कारणले त्यही बाटो पछ्याउने खतरामा थिए।
त्यसैले म तपाईंलाई सोध्न चाहन्छु:
मानिसहरूले तपाईंको बारेमा के भन्छन्?
के तपाईं भरपर्दो हुनुहुन्छ विशेष गरी जब वफादारी महँगो हुन्छ?
जब दबाब बढ्छ, के तपाईं टिकिरहने व्यक्ति हुनुहुन्छ, वा बिस्तारै हराउँदै जाने?
२ तिमोथी १:१६-१८ पावललाई भेट्टाएको
“प्रभुले ओनेसिफरसको घरानालाई कृपा राखून्, किनभने तिनले मलाई अक्सर हौसला दिन्थे, र मेरो साङ्लाको शर्म मान्दैनथे, तर तिनी रोम आएपछि धुँइधुँइती खोजेर मलाई भेट्टाए।”
पावल अब आफूलाई त्यागेकाहरूबाट विश्वासी रहने व्यक्तिको बारेमा कुरा गर्छन्। उहाँले ओनेसिफरसको मात्र होइन, उनको घरानाको पनि उल्लेख गर्नुहुन्छ, उनीहरूको विश्वासयोग्यताको प्रशंसा गर्नुहुन्छ। यो एउटा कुरा हामीले सम्झनु पर्छ कि विश्वासले प्रायः सम्पूर्ण परिवारलाई असर गर्छ र यसमा समावेश हुन्छ।
ओनेसिफरसले पावललाई हौसला दिन्थे र उनको साङ्ला देखि लज्जित भएनन्। अरूहरू कैदी पावलबाट टाढा जाँदा, ओनेसिफरस नजिक आए। पावलले प्रार्थना गर्छन्: “प्रभुले ओनेसिफरसको घरानालाई कृपा राखून्।” यसले येशूका शब्दहरूलाई प्रतिध्वनित गर्दछ, “धन्य दयावन्तहरू, किनभने तिनीहरूले दया पाउनेछन्” (मत्ती ५:७)।
येशूले एउटा गम्भीर चेतावनी पनि दिनुभयो:
“जो मदेखि र मेरो वचनदेखि शर्माउँछ, मानिसको पुत्र पनि … त्यसदेखि शर्माउनेछ।”(मर्कूस ८:३८)
ओनेसिफरसले आफ्नो विश्वास साँचो थियो भनेर प्रमाणित गरे। उनले ख्रीष्टको कारण कैदमा परेका सेवक पावललाई प्रेम गरेर ख्रीष्टप्रतिको प्रेम देखाए।
रोममा पावललाई खोज्दै
पद १७ ले हामीलाई बताउँछ कि जब ओनेसिफरस रोम आए, उनले पावललाई उत्सुकतापूर्वक खोजे र भेट्टाए। यो कुनै सानो काम थिएन। पावल एक कैदी थिए, सम्भवतः सार्वजनिक पहुँचबाट लुकेका थिए। ओनेसिफरसले हार मानेर भन्न सक्थे, “मैले प्रयास गरें।” तर उनले त्यसो गरेनन्। उनले पावल नभेटेसम्म खोजे।
यहाँ प्रयोग गरिएको शब्द ग्रीक zēteō हो, उही शब्द जब येशूले भन्नुभयो, “खोज, अनि तिमीहरूले भेट्टाउनेछौ।” यसको अर्थ लगनशीलतापूर्वक पछि लाग्नु, कुनै कुराको गहिराइमा पुग्नु, समाधान नहुँदासम्म खोजिरहनु हो।
अनि ओनेसिफरसले पावललाई भेट्टाए।
के हामी परमेश्वरलाई त्यसरी खोज्छौं?
हामी बाइबल अध्ययन गर्न त टाढाको कुरा भो, पढ्न पनि कति सजिलै सँग छोड्छौँ?
“यो पदले के भनिरहेको छ मलाई थाहा छैन।
जतिसुकै प्रयास गरे तापनि वा जति पटक पढे तापनि, म बुझ्नै सक्दिन।
म यो पढ्दिन।
म केवल विश्वास गर्छु।
के मलाई साँच्चै पुरानो नियमका कथाहरू जान्नु आवश्यक छ?
के म येशूमा विश्वास गरेर आफ्नो जीवन बिताउन सक्दिन र?”
बरु हामी कति पटक परमेश्वरको सट्टा अरू कुराहरू खोज्छौं?
येशूले भन्नुभयो, “तर पहिले उहाँ (परमेश्वर) को राज्यको … खोजी गर।” (मत्ती ६:३३)
अनि फेरि, “... खोज त तिमीहरूले भेट्टाउनेछौ।” (मत्ती 7:7)
के तपाईं परमेश्वरलाई खोज्नुहुनेछ (zēteō)?
पद १८ ले थप्छ कि ओनेसिफरसले एफिससमा पनि पावलको विश्वासयोग्य सेवा गरेका थिए। उनको वफादारी क्षणिक थिएन यो निरन्तर थियो। यहाँ हामी दुई प्रकारका विश्वासीहरू देख्छौं: जो कठिनाइको समयमा पछि हट्छन्, र जो त्यस समयमा पनि विश्वासी रहन्छन्।
तपाई कुन उदाहरण बन्न चाहनुहुन्छ?
एसियाका सबै जना तर्किए तापनि ओनेसिफरसले त्यसो गरेनन्।
तिमोथी जस्तै, हामीसँग पनि एउटा विकल्प छ। हामी ओनेसिफरस जस्तै विश्वासी हुन सक्छौं, वा हामी फुगेलस र हर्मोगेनस जस्तै पछि हट्न सक्छौं, वा अझ नराम्रो कुरा, कहिल्यै अगाडि नबढ्न सक्छै।
ख्रीष्टप्रतिको विश्वासयोग्यता सहजतामा होइन, तर महँगो वफादारीमा देखाइन्छ र परमेश्वरले यसलाई सम्झनुहुन्छ।
प्रश्न: जब विश्वासयोग्यता महँगो हुन्छ तपाई के गर्नु हुनेछु?


